अध्यागमन र एयरलाइन्सविच घुषको प्रतिस्पर्धा

१६ असार २०६९, शनिबार १८:०४ मा प्रकाशित

काठमाडौं, १६ असार । वैधानिक तरिकाबाट श्रमस्वीकृति निकाल्न नसकेपछि सेटिङ गर्दै खाडी पठाउन थालेको वर्ष दिन हुन थालेको छ । गतवर्ष भन्दा यसवर्ष यो संख्या बढेको हो । एजेन्ट र अध्यागमनको मिलेमतोमा श्रमस्वीकृति नै ननिकाली अध्यागमनबाट छिराइन्छ । नेपालीलाई रोजगारीकोलागि खाडी लगायत मलेसिया मुख्य गन्तव्य मुलुकहरु हुुन ।
घुषमा कुरा नमिलेर गत दशैंदेखि विभागले श्रमस्वीकृतिमा कडाई गरेको थियो । विगतमा विभाग बाहिरैबाट श्रमस्वीकृति दिने चलन भएपनि यो क्रम भने रोकिएको बताउँछन विभागका अधिकारीहरु । तर एजेन्ट र अध्यागमनका कर्मचारीको मिलेमतोमा श्रमस्वीकृति नै ननिकाली दैनिक सैयौंको संख्यामा नेपाली कामदार पठाइए पनि सम्बन्धित निकाय मौन छ । श्रमस्वीकृति निकाल्न नपरेपछि सम्बन्धित व्यक्तिको विमा र राजस्व समेत तिर्नु पर्दैन । नेपाली कामदारहरु यी सुविधाबाट बन्चित हुनु परेको छ ।
यसरी नेपाल सरकारले तोकेको मापदण्ड विपरित काम भैरहँदा सरकारकै अर्को निकायले गलत काम गर्नेहरुलाई सघाइ रहेको छ । एजेन्टले विमानस्थलबाटै नेपाली कामदार पठाउन थालेपछि म्यानपावरले आधा त भारतको बाटो हुँदै सेटिङ गर्ने गर्दछन् । काठमाडौं दिल्ली फ्लाइटबाट समेत सेटिङ हुने गरेको श्रोतको दावी छ । वैदेशिक रोजगार विभागमा एकथरी एजेन्टले मिनि विभागले विभागमा श्रमस्वीकृति निकाल्नेको संख्या कमी भएको उल्लेख गरे पनि यसमा विभागको समेत मिलेमतो रहेको हुन सक्ने अर्काथरी एजेन्टको दावी छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका कञ्चनजङ्गघा र अन्नपूर्ण यी दुवै समूहका कर्मचारीको मिलेमतो हुने गरेको श्रोतले दावी गरेको छ । एजेन्टले भिभिआइपी र भिआइपी कक्षबाट समेत कामदार पठाउने गरेका छन् । अध्यागमनको मिलेमतो विना यो सम्भव हुँदैन । भिजा स्क्यानिङ गरी श्रमस्वीकृति निकालेका र विमानस्थल सेटिङ गरिएका प्रत्येक व्यक्तिबाट त्यहाँ रहेका एयरलाइन्सहरुले समेत प्रतिव्यक्ति एकहजारका दरले रकम उठइरहँदा अधिकारीहरु घुषमै प्रतिस्पर्धा गरिरहेका छन् ।
अध्यागमनले प्रतिव्यक्ति तीनहजारदेखि माथि घुष लिने थाहा एयरलाइन्सले पाएपछि वोर्डिङपास अड्काएर प्रतिव्यक्ति एकहजार घुष लिने गरेको श्रोतको दावी छ । जुन एयरलाइन्सको टिकट प्रयोग गरिएको छ उनीहरुले तीन घण्टा अगाडि टिकट चेकजाँच गरि अध्यागमन भित्र छिरिसक्नुपर्ने प्रावधान रहेको छ । एकहजार नपाए एयरलाइन्सहरुले वोर्डिङ पास दिदैनन् । विदेश कामको खोजीमा जाँदा र काम गरेर फर्कदा अध्यागमनका कर्मचारीबाट दैनिक ठगिनु परेको गुनासो आए पनि यसतर्फ कसैको ध्यान गएको देखिदैन । झोलाका सामान चोर्ने,लथालिङ्ग फाल्दीने, आफ्ना परिवारजनले मायाले खान दिएको नेपाली पहिचान भएका ध्यू, गुन्द्रुक लगायतका परम्परागत खाद्यबस्तुहरु लथालिङ्ग बनाइदिने गरेको श्रोतको दावी छ । चेकजाँचमा अध्यागमनकै कर्मचारीको मुख्य हात रहेको हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज