पूर्व पोर्न स्टार एवं बलिवुड अभिनेत्री सनी लियोन विरुद्ध उजुरी

२७ माघ २०७२, बुधबार २३:३७ मा प्रकाशित

मुम्बई । पूर्व पोर्न स्टार एवं बलिवुड अभिनेत्री सनी लियोन जब आफ्ना अपिल युक्त शरीरको अंग देखाउदै कुनै फिल्ममा अभिनय गर्छिन् तब सुरु हुन्छ भारतीय समाजमा उनको आलोचना र सामाजिक बहस ।

पछिल्लो समय मस्तीजादे फिल्ममा अभिनय गरेकी सनी विरुद्ध दिल्लीको आदर्श नगर प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । सनीलाई मात्र नभई ’मस्तीजादे’ का नायक वीर दास र अन्य प्रमुख व्यक्तिहरुमाथि पनि धार्मिक भावना भड्काएको आरोपमा उजुरी दर्ता भएको हो ।

फिल्म मार्फत हिन्दु धर्म तथा हिन्दु धर्मसँग जोडिएका मानिसको भावनामा चोट पुर्याएको भन्दै उजुरी परेको हो । फिल्म मस्तीजादेको एक दृश्यमा मन्दिर भित्र कण्डमको प्रचार भद्धा रुपमा गरेको दृश्यले हिन्दु धर्मको भावना माथि प्रश्न उठेको भन्दै उजुरी परेको हो ।

यस मामिलामा पूरै जाँच बुझ गरेर मात्र कारबाही अघि बढाईने प्रहरी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ