जनताका नायक कोइराला

२७ माघ २०७२, बुधबार २३:२७ मा प्रकाशित

काठमाडौँ, २७ माघ । हलिउडमा हिरो बन्ने उत्कट चाहनाका साथ अमेरिका जाने अन्तीम तयारीका बेला नेपाली राजनीतिले यु टर्न गरिदियो र हलिउडको नायक बन्ने सपना अधुरै रह्यो, राजनीतिक यात्रा पो सुरु भो – सुशील कोइरालाको ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई तत्कालीन राज महेन्द्रले विसं २०१७ साल पुस १ गते अपदस्त गर्दै पञ्चायती व्यवस्था लादेपछि कोइरालाको हलिउडको नायक बन्ने सपना अधुरै रह्यो । नयाँ बाटो पो तय भो, ‘जनताको नायक बन्ने ।’

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, लोकान्त्रिक मूल्य र मान्यताका प्रतिमूर्ति कोइराला जसले, लामो राजनीतिक जीवनमा आफ्नो अनुपम उदाहरणीय छवि बनाउनुभयो , आफ्नो राजनीतिक यात्राका क्रममा ।
निर्वासन, जेल र विमान अपहरणका आरोह अवरोह कोइरालाका यात्रालाई कुनै विचलन ल्याएन ।

संविधान सभाबाट संविधान बनाउने छ दशक भन्दा लामो नेपाली जनताको सपना साकार पार्न कोइरालाको अथक योगदान रह्यो । उहाँकै नेतृत्वमा मुलुकले नयाँ संविधान पायो ।

विक्रम संवत २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन र २०७० मङ्सिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनपछि चारजना प्रधानमन्त्री बने तर संविधान जारी गर्ने सौभाग्य कोइरालाले पाउनुभयो । यसले कोइरालाको राजनीतिक उचाईलाई थप उचो बनायो ।
गणतन्त्र नेपालको छैटौँ प्रधानमन्त्री बन्नुभएका कोइरालालाको सोमबार राति १२ः५० बजे आफ्नै निवास महाराजगञ्जमा ज्वरो र निमोनियाका कारण निधन भएको थियो ।

पार्टीको सर्वोच्च पद सभापति र मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री हुँदा समेत कोइरालालाई कुनै लाभ र लालसका आकाङ्क्षाले छोएन । बरु कोइरालाले नेपालको राजनीतिका नेतृत्वलाई असल चरित्रको नमुना प्रदर्शन गरेर सबैको प्रशंसा हासिल गर्नुभयो ।

कोइरालाको देहावसनपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट उहाँको सादगी, निष्ठापूर्ण राजनीतिक योगदान र उदाहरणीय व्यक्तित्वका रुपमा मुक्त कण्ठले प्रशंसा हुन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्व। कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, देशभक्त राजनीतिज्ञ र अग्रणी व्यक्तित्व भएको चर्चा गर्दै उहाँको निधनबाट देशलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले स्व। कोइरालालले निरङ्कुशता विरुद्ध लोकतन्त्रको स्थापनाका साथै संविधान निर्माणका लागि खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसाका साथ स्मरण गर्नुभएको छ ।

सहमति, सहकार्य र एकताका अगुवा कोइरालाले संविधान सभाबाट संविधान निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्नुभयो । संविधानको सफल कार्यान्वयनमा उहाँको अभाव खड्कनेछ प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष ओलीले वताउनुभयो ।

नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापति कोइरालाको निधनबाट पार्टीलाई मात्र नभई मुलुकको राजनीति र लोकतान्त्रिक मूल्य मान्यतालाई समेत अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला नेपाली राजनीति तथा लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा र स्थापित व्यक्तित्व रहेको बताउनुभएको छ ।

कोइरालाको निधनप्रति समवेदन सन्देश दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिमा लामो समय सेवा गर्नुभएका कोइरालाको निधनबाट नेपाली काँग्रेसले शीर्ष नेता र भारतले असलमित्र गुमाएको बताउनुभएको छ ।

उहाँले कोइरालाको सरलताले सबैलाई पाठ सिकाएको पनि उल्लेख गर्नुभएको छ । मङ्गलबार काठमाडौँ आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्व। कोइरालाप्रछि श्रद्धाञ्जलि अर्पण गर्दै स्व। कोइराला सादा जीवन र उच्च विचारका एक सच्चा र इमान्दार नेता भएको बताउनुभएको छ ।

त्यस्तै चीनका विदेशमन्त्री वाङ्चीले पनि समवेदना सन्देश पठाई स्व। कोइराला एक सादगी, लगनशील र सफल राजनीतिज्ञ भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचवि बान की मुनले नेता कोइरालाको असामयिक निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै उहाँ सबैका आदरणीय राजनेता हुनुहुन्थ्यो भन्नुभएको छ ।

महासचिवका तर्फबाट उहाँका प्रवक्ताले आज जारी गर्नुभएको वक्तव्यमा महासचिव बानले जटिल सङ्क्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्गनिर्देश गर्नुभएको बताउनुभएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रही उहाँ काँग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो ।

पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो । उहाँको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो ।

राजनीतिका क्रममा डेढदशक निर्वासन जीवन व्यतित गर्नुभएका कोइरालाले जीवनका अनेकौ हन्डर खानुभयो । उहाँले छ वर्ष जेल जीवन बिताउनुभएको थियो । निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रह र वि।सं २०४६ को प्रथम जनआन्दोलनमा पनि उहाँको सक्रिय भूमिका थियो ।
बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उहाँ २००७ सालको जहानियाँ राणासासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी हुनुभएको थियो ।

विसं २०१० देखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा काँग्रेस केन्द्रीय सदस्य हुनुभएको थियो । नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गर्नुभयो ।

कोइरालाले पत्रकार ९ ‘तरुण’ पत्रिकाको सम्पादक० का रूपमा पनि काम गर्नुभएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको