उसुमा नेपलालाई थप पाँच रजत

२७ माघ २०७२, बुधबार २३:१७ मा प्रकाशित

गुवाहटी, भारत, २७ माघ । भारतको सिलोङमा जारी बार्हौ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले आज उसुमा थप पाँच रजत पदक जितेको छ ।

उसुमा नेपालकी झरना गुरुङ, जुनी राई, विन्दु पुन, हरिप्रसाद गोले र राजेश चौधरीले रजत पदक जितेका हुन् । महिला सान्सुतर्फ स्वर्ण पदकका लागि भएको स्पर्धामा ५२ किलो तौल समूहमा झरना भारतकी युमनाम सनाथोइ देवीसँग २-० अङ्कले पराजित भइन् । त्यस्तै, सोही स्पर्धाको ६० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा जुनी भारतकी अरुणनपमा देवीसँग २-० अङ्कले नै पराजित हुन पुगिन ।

यस्तै उसुको महिला सान्सुतर्फ ७० किलो तौल समूहमा स्वर्ण पदकका लागि भएको स्पर्धामा नेपालकी विन्दु भारतकी पूजा काडियासँग २-० अङ्कले पराजित भइन् । उसुको थाउलो स्पर्धामा हरिप्रसादले कुल १८-०२ अङ्कसहित रजत पदक जिते । उक्त स्पर्धामा भारतले स्वर्ण पदक हात पार्यो। यस्तै उसुको पुरुष सान्सुतर्फ ५६ किलो तौल समूहमा नेपालका राजेश चौधरीले रजत पदक जितेका छन् । उनी स्वर्ण पदकका लागि भएको खेलमा भारतका रवी पञ्चलसँग २-० अङ्कले पराजित भए ।

योसँगै नेपालको पदक सङ्ख्या २९ पुगेको छ । नेपालले हालसम्म एक स्वर्ण, ११ रजत र १७ काश्य पदक जितेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय