‘हेक्का रहोस काँग्रेसजन यो अन्तिम घडीमा’, एउटा सुखद संभावना हो कुलबहादुर गुरुङ’

संकटका साझा अभिभावक, 'अवको काँग्रेस सभापति कुलबहादुर गुरुङ'
२७ माघ २०७२, बुधबार १३:३७ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लस-एन्जलस, २७ माघ । सुशील कोइराला देश हारे जस्तै छिमेकीसंग हारेर देह त्याग गरे तर झुकेनन् आफ्ना सांदाजु बिपी कोइराला जस्तै कहीं कतै ‘राष्ट्र, राष्ट्रियता र लोकतान्त्रिक समाजवादको’ मूल्यमा । सायद यस्तो नियति ज्ञांत गरेका सुशीलले देहावसानको महाप्रस्थान अघि उद्घोष गरिदिए , ‘मैले बुझें ।’ उनले बुझेरै भनेका थिए वीरगंजका भारतीय वाणिज्य दुतको मधेस आन्दोलनमा संलग्नता नेपाल राष्ट्रको अहितमा हो र जेनेभा कन्भेन्सन अनुरुप देश निकाला गरियोस तर सामाजिक संजालमा उनले जिन्दगीभर नखोजेको पद लोलुपता बहस बन्यो र मृत्यू लगत्तै बनाइदैछ भगवान । सुशील कोइराला देश हारे जस्तै छिमेकीका प्रिय केपी ओलीसंग हारे तर उनि हारेनन आफ्ना सांदाजु बिपी कोइराला जस्तै र खोजे राष्ट्रपति कुलबहादुर गुरुङ आफ्नो उपस्थितिमा देखिने अभिवावक र अनुपस्थितिमा देश र लोकतन्त्रको अभिभावक । आफ्नो उपस्थितिमा देखिने अभिवावक र अनुपस्थितिमा देश र लोकतन्त्रको अभिभावक बनाउने अभिष्ट स्वर्गीय गिरिजाप्रशाद कोइरालाले तत्कालिन राजा ज्ञानेन्द्र शाहले नेपाल राष्ट्रको राष्ट्रिय स्वाधीनता र लोकतन्त्र बिरुद्ध शेरबहादुर देउबा साथमा लिएर शाही ‘कु ‘गरेकै दिन गणेशराज शर्मा र कुलबहादुर गुरुङको सल्लाहमा संसद पुनर्स्थापना र देल्हीमा प्रचन्ड संवादको बाटो रोजेका थिए बेबी किङ्गको अमेरिकी अवधारणा सहित । वागमतीमा पानी बगेन र राजनीति उल्टो दिशामा फर्कियो तर पनि ‘युगको एक दिन’ तत्कालिन राष्ट्र प्रमुख गिरिजाप्रशाद कोइराला र सभाध्यक्ष कुलबहादुर गुरुङले अन्तरिम संसदमा सामुहिक रुपले घोषणा गरे २४० बर्षीय राजतन्त्र सकियो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखंड़ता बुझेका सुशील कोइरालाले बुझेका थिए ‘युगको एक दिन ।’ अर्थात् कुलबहादुर गुरुङ र उनको अभिभावकत्व रोजे र खोजे उनलाई आफु पछि नेपाल राष्ट्रको लोकतन्त्र, राष्ट्रियता र अखंड़ताको हित अभिभावकत्वका लागि । यतिबेला नेपाल राष्ट्रको लोकतन्त्र, राष्ट्रियता र अखंड़ता अभिभावकत्व विहिन छ । मैनवत्ति बालेर मध्यरातमा संसद चलाउने र भारतीय हितको महाकाली सन्धी अनुमोदन गर्ने तत्कालिन सभामुख रामचन्द्र पौडेल, भारतीय हितको महाकाली परियोजना प्रस्ताव टेबल गर्ने तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा पुगेको छ मुलुकको लोकतन्त्र, राष्ट्रियता र अखंड़ताको हिमायती एकमात्र पार्टी नेपाली काँग्रेस । र यति बेला मुलुकको प्रधानमन्त्री छन् भारतीय हितको महाकाली परियोजनाबाट देशले खरब पाउने सपना बेच्ने झापाका केपी शर्मा ओली । अर्को दुखद संयोग कोइराला परिवार भित्रकै मात्रिका कोइरालाको भुत स्त्रीको रुप धारण गरेर उदाएको छ र कुनै दिन अस्ताउछिन ज्ञानेद्रको कारिन्दा शेरबहादुर देउवाको बुढानिलकण्ठमा । तर सुखद संयोग ‘वादलुको घेरामा चाँदीको जलप’ लोकतन्त्र, राष्ट्रियता र अखंड़ताको हितमा एउटा सिपाही उभिएको छ कुलबहादुर गुरुङ । काँग्रेसजनले बुझे काँग्रेस सभापति हुने ल्याकत मात्र होइन देशको संकट पार लगाउने र मुलुकलाई अभिभावक बनेर सेवा गर्ने कुलबहादुर गुरुङले कोइराला परिवार र त्यही परिवारको आदर्श भित्र हुर्केर लोकतन्त्र, राष्ट्रिय अखंड़ता र लोकतान्त्रिक समाजवादको झन्डा गाड्ने बाटो रोज्दै छ पदविना पनि । संकटमा छ कोइराला परिवार र साच्चै शोकलाई शक्तिमा बदल्ने हो भने जित्ने दौडमा रहेका तुलशी गिरि र परशुनारायण चौधरीका नयाँ रुप शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथमा रहेका केपी ओली भन्दा पर चश्माले नियालिरहेको छ देश कुलबहादुर गुरुङले, ‘हेक्का रहोस काँग्रेसजन यो अन्तिम घडीमा ।’

को हुन् कुलबहादुर गुरुङ:

कुलबहादुर गुरुङ (प्रचलित नाम केबी गुरुङ) नेपाली राजनीतिज्ञ तथा प्रजातन्त्र सेनानी हुन्। अहिले उनी नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य छन्। यस अघि उनी कांग्रेसको महामन्त्री थिए। गुरुङ २००७ सालदेखि राजनीतिमा संलग्न रहँदै आएका छन्। पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी इलाम क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका तर्फबाट सभासद्‍मा प्रत्यक्ष निर्वाचित भएका थिए। संविधानसभामा अध्यक्षको विधिवत् निर्वाचन हुनु अघिसम्म ज्येष्ठत सदस्यको रूपमा संविधान सभाको अध्यक्षता गरेका थिए। उनकै अध्यक्षतामा बसेको संविधान सभाको पहिलो निर्वाचनले नेपालमा राजतन्त्रको विधिवत अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो।

दोश्रो संविधानसभामा गुरुङ समानुपातिक तर्फबाट सभासद् निर्वाचित भएका हुन्।

गुरुङ वि.सं. १९९२ मंसीर ८ गते बाबु पहलबहादुर गुरुङ र आमा पूर्णकुमारी गुरुङको पुत्रको रूपमा इलाममा जन्मेका थिए। उनी २००५ सालदेखि राणा शासन विरूद्धको संघर्षमा सहभागी भएका थिए।

त्रिभुवन विश्वविद्यालयबाट बी.एड. सम्मको अध्ययन गरेका गुरुङले २०१८ सालदेखि आदर्श पब्लिक हाई स्कूलमा उप प्रधान अध्यापकका रूपमा लामो समय अध्यापन गरेका छन्। उनले सुवास नेम्वाङ, झलनाथ खनाल समेतलाई अध्यापन गरेका थिए। पञ्चायत विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा २०२९ सालमा पक्राऊ गर्ने आदेश भएपछि उनी भारत निर्वासित भएका थिए। यस क्रममा राष्ट्रिय मेलमिलापको नीति लिएर बी.पी. कोइराला भारतको निर्वासनबाट स्वदेश फर्कदा उनी पनि त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए।

गुरुङ राणा शासन विरोधी, पञ्चायत विरोधी र पूर्व राजा ज्ञानेन्द्रको निरंकुश शासन विरोधी सबै आन्दोलनहरूमा प्रजातन्त्रको पक्षमा सक्रिय रहेका थिए। शुरुदेखि नै नेपाली कांग्रेसमा आबद्ध गुरुङ झण्डै छ दशक लामो राजनैतिक जीवनमा पार्टीका विभिन्न तह, पद र जिम्मेदारी पूरा गर्दै हाल केन्द्रीय सदस्य हुन्। यसअघि उनी नेपाली कांग्रेसको इलाम जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै केन्द्रीय महामन्त्री बनिसकेका छन्। विभिन्न समयमा गरी कुल तीन वर्ष जेल जीवन बिताएका गुरुङले कैयौं वर्ष निर्वासित जीवन बिताएका छन्।

गुरुङ २०५१ सालमा इलाम क्षेत्र नं. २ बाट संसदमा निर्वाचित भएपछि २०५४मा उनी शिक्षामन्त्री बनेका थिए। उनी २०४८ र २०५६ मा पनि संसदीय निर्वाचनमा सहभागी थिए।

सुखद खवर सुन्न पाइयोस नेपाली कांग्रेसले १३ औं महाधिबेशनमा कुल बहादुर गुरुङ साझा उम्मेदवार बनाएर काँग्रेस सभापति निर्वाचित गर्दै लोकतन्त्र, राष्ट्रियता र अखंड़ताको हितमा युगको एउटा बेजोडको संदेश प्रबाह गरेको ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने