स्वर्गीय कोइरालाको अन्त्यष्टि हिन्दू परम्परा अनुसार बुधबार हुने

२६ माघ २०७२, मंगलवार २३:४३ मा प्रकाशित

काठमाडौँ, २६ माघ । पुर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशिल कोइरालाको अन्त्यष्टि बुधबार पशुपति आर्यघाटमा राजकीय सम्मानको साथ हिन्दु परम्परा अनुुुसार हुने भएको छ ।

बुधबार अपराह्न २ बजेपछि रङ्गशालाबाट शवयात्रा गरी आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी कार्यालयले जनाएको छ । काँग्रेस केन्द्रीय समितिको निर्णयबमोजिम कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज पार्टी कार्यालय हुँदै मध्याह्न १२ बजेदेखि दशरथ रङ्गशालामा राखिएको छ ।

स्वर्गीय कोइरालाको परिवारजनको इच्छाअनुसार हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने उहाँका  भाइ अशोक कोइरालाले जानकारी दिनुभयो । स्वर्गीय कोइरालालाई उहाँका भतिजा अतुल कोइरालाले दागबत्ती दिने परिवारजनले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास