राष्ट्रपति, प्रमलगायतद्वारा दिवङ्गत नेताप्रति श्रद्धाञ्जलि

२६ माघ २०७२, मंगलवार २३:३० मा प्रकाशित

काठमाडौँ, २६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा पुष्पहार चढाएर हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

राष्ट्रपतिले दिवङ्गत नेता कोइरालाको शव राखिएको स्थल दशरथरङ्गशाला पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य र उपसभामुखले पनि स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

नेता कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् सर्वसाधारण, नेपाली काँग्रेस, भ्रातृ सङ्गठन लगायत उक्त दलका शुभेच्छुकले अहिले स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरिरहनुभएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार