कांग्रेस १३औँ महाधिबेशन: जिल्ला अधिवेशनको पछिल्लो नतिजा

२६ माघ २०७२, मंगलवार २३:२८ मा प्रकाशित

ताप्लेजुङ, २६ माघ । नेपाली कांँग्रेस ताप्लेजुङको १३औँ अधिवेशनका क्रममा सभापतिमा लीलादेवी बोखिम विजयी भएकी छन् ।

यस्तै सचिवमा छविलाल गुरुङ विजयी हुनुभएको छ । यसैबीच क्षेत्र नं १ का सदस्यमा खड्कराज थेबे, तारानाथ बराल, ज्ञानु गुरुङ, भवानीप्रसाद भट्टराई र प्रदीप राई विजयी भएका छन् ।
यसैगरी महिलातर्फका सदस्यमा टीकामाया सिंवा र प्रमिला गुरुङ विजयी हुुनुभएको छ । आदिवासी जनजातितर्फ रुद्र मादेन र दलिततर्फ भीमबहादुर विक विजयी हुनुभयो ।

क्षेत्र नं २ बाट सदस्यका लागि कल्पना सिटौला, यामकुमारी लिम्बू, टीका लिम्बू, कृष्ण ढोली, दावाछिरिङ शेर्पा, नन्द आङबुहाङ, पारस चोङबाङ, मणि लावुङ, दिनेश ओझा र रवीन्द्र वनेम सर्वसम्मत चयन हुनुभएको छ ।
धनकुटा – कांग्रेस धनकुटामा अग्नि पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
गए राति सम्पन्न निर्वाचन परिणामअनुसार सचिवमा विजयसन्तोषी राई र कोषाध्यक्षमा दिनेश राई विजयी हुनुभएको छ ।
यसैगरी क्षेत्र नं १ बाट महासमिति सदस्यमा मनोहरनारायण श्रेष्ठ, नवीनकिशोर शाक्य, दुर्गा सुवेदी, तलितबहादुर चेम्जोङ, दुर्गा सुवेदी र लीला सुब्बा चयन हुनुभएको छ । क्षेत्र नं २ बाट अजितनारायण सिंह थापा, आनन्दसन्तोषी राई, शरणकुमार राई, घनेन्द्रराज श्रेष्ठ र इन्दिरा थापा निर्वाचित हुनुभएको छ ।
यस्तै क्षेत्र नं १ र २ बाट दश–दशजना समावेशी तथा खुला गरी २० जना जिल्ला कार्यसमितिका सदस्यसमेत निर्वाचित भएको केन्द्रीय प्रतिनिधि तथा निर्वाचन अधिकृत भरत थापाले बताउनुभयो ।

विराटनगर ः काँग्रेस मोरङको सभापतिमा सांसद डिगबहादुर लिम्बू निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिवमा नागेश कोइराला र कोषाध्यक्षमा गोपाल थापा विजयी हुनुभएको छ ।

तनहुँ ः कांग्रेस तनहँुको सभापतिमा बैकुण्ठनाथ न्यौपाने विजयी हुनुभएको छ । त्यस्तै जिल्ला सचिवमा विश्व बास्तोला र कोषाध्यक्षमा रेशम गुरुङ विजयी हुनुभएको छ । उपसभापति र एक सचिव सभापतिले मनोनयन गर्नेछन् ।

त्यसैगरी सदस्यमा क्षेत्र नं १ बाट उत्तम लोहनी, लक्ष्मीप्रसाद आचार्य, चिजा श्रेष्ठ, सान्नानी पाण्डे, विपीन गुरुङ, कृष्णबहादुर रुचाल र मोहमद हनिफ गोरा मियाँ तथा क्षेत्र नं २ बाट अशोककुमार श्रेष्ठ र यज्ञबहादुर राना निर्वाचित र पवित्रा पौडेल, मधुमाया विक, लेखबहादुर राना, केशबहादुर सुनार र खरसिं दरै निर्विरोध चयन हुनुभएको छ ।

त्यस्तै क्षेत्र नं ३ बाट भक्तबहादुर श्रेष्ठ, यामबहादुर खाँण, मायादेवी राना, रशमाया गुरुङ, डम्बरबहादुर राना, डोलबहादुर सुनार खादा बक्स मिया निर्वाचित हुनुभएको छ । यसअघि यही माघ २२ गते सम्पन्न क्षेत्रीय अधिवेशनबाट क्षेत्र नं १ का सभापतिमा उदयराज गौली, क्षेत्र नं २ मा राजेन्द्रकृष्ण श्रेष्ठ र क्षेत्र नं ३ मा किसान गुरुङ सभापतिमा निर्वाचित हुनुभएको थियो ।

ललितपुर ः काँग्रेसको १३औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न जिल्ला अधिवेशनबाट सभापति पदका लागि विधानअनुसार कसैलाई पनि कुल खसेको मतको ५१ प्रतिशत प्राप्त नभएकाले पुनः सभापतिको निर्वाचन हुने भएको छ । सचिवमा भने भीमसेन घिमिरेले र कोषाध्यक्षमा कर्म व्यञ्जनकार विजयी हुनुभएको छ ।

गोरखा ः कांग्रेस गोरखाको जिल्ला कार्यसमिति सभापतिमा पुनः हरिबहादुर घले दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । सचिवमा पूर्णबहादुर दाहाल र कोषाध्यक्षमा कृष्णबहादुर आले विजयी हुनुभयो ।
अधिवेशनले जिल्ला कार्यसमितिका २१ सदस्य पनि निर्वाचित गरेको छ । निर्वाचन क्षेत्र नं १ मा महिलातर्फ ललिता अधिकारी र बीना श्रेष्ठ तथा २ मा मीना अधिकारी र गौरीमाया तामाङ निर्वाचित हुनुभयो भने क्षेत्र नं ३ मा फूलमाया गुरुङ र अम्बिकादेवी थापा निर्विरोध चयन हुनुभएको छ । आदिवासी जनजातितर्फ क्षेत्र नं १ बाट हिराबहादुर थापा, २ बाट भक्तबहादुर गुरुङ र ३ बाट टीकाराम गुरुङ निर्वाचित हुनुभयो ।

दलिततर्फ क्षेत्र नं १ बाट लालबहादुर विक, २ बाट जोगबहादुर कोइराला र ३ बाट सङ्गीता सुर्खेती निर्वाचित हुनुभयो । अल्पसङ्ख्यकतर्फ क्षेत्र नं १ बाट सलाउद्दिन मियाँ र ३ बाट लुत्रबहादुर बराम निर्वाचित हुनुभएको कांग्रेस गोरखाले जनाएको छ । क्षेत्र नं २ बाट मीना कुमाल थापा निर्विरोध चयन हुनुभयो भने खुलातर्फका दुई÷दुई सदस्यमा क्षेत्र नं १ बाट नारायण लामिछाने र तोकमान श्रेष्ठ, २ बाट रामप्रसाद भण्डारी र भेजराज पाण्डे निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ को खुलातर्फ राजु गुरुङ विजयी हुनुभएको छ ।

इलाम ः कांग्रेसको १३औँ जिल्ला अधिवेशनले सचिवमा खगेन्द्र देवान र कोषाध्यक्षमा विष्णु कार्की निर्वाचित गरेको छ । सभापतिमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेकाले पुनः निर्वाचन हुने भएको छ ।
कावासोती ः कांग्रेसको १३औं महाधिवेशनका लागि सोमबार परासीमा भएको निर्वाचनबाट नवलपरासी जिल्ला सभापतिमा विष्णु लामिछाने विजयी हुनु्भएको छ । त्यसैगरी सचिवमा विक्रमप्रसाद यादव र कोषाध्यक्षमा ओमप्रसाद सापकोटा विजयी हुनुभएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर