पार्टी जडसुत्रबादी, अराजकताबादी र मनोगतबादीले फुटाएः प्रचण्ड

१६ असार २०६९, शनिबार १७:०६ मा प्रकाशित

काठमाडौ, १६ असार । एकीकृत नेकपा माओवादी पार्टी विभाजन भएकोमा नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्री आई पिङ नेतृत्वको टोलीले चासो ब्यक्त गरेको छ । आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा टोलीले पार्टी किन फुटेको के कारण हो भनि जिज्ञासा राखेको थियो ।
प्रत्यूत्तरमा प्रचण्डले जडसुत्रबादी, अराजकताबादी र मनोगतबादीहरुले पार्टी फुटाएको भन्दै पुरानै धङघङगी भएकाहरुसँग आफूले फुटबाट रोक्न अधिकतम प्रयास गरे पनि दृष्टिकोणमै फरक रहेकोले विभाजन भएको भनि प्रष्ट पारेको नेता कृष्णबहादुर महराले जानकारी दिए ।
भेटमा प्रचण्डले पार्टी एकताकोलागी आफूले प्रयास अहिले पनि जारी राखेकोले सहमति बन्ने विश्वास समेत ब्यक्त गरेका थिए ।
टोलीले नेपालमा दलहरुवीचको सहमतिको आधारमा स्थिर सरकार, स्थायीत्व र विकास आवश्यक रहेको भन्दै नेपालको विकासमा सक्दो सहयोग गर्न चिन तयार रहेको प्रतिबद्धता ब्यक्त गरेको थियो । उनीहमरुले समृद्ध, शान्त र स्थीर नेपालको पक्षमा चिन रहेको समेत स्पष्ट पारेका थिए । प्रचण्डले सहमतिबाट मुलुकलाई निकास दिने भन्दै सहमतिकोलागी आफू प्रयासरत रहेको र छिट्टै सहमति बन्ने विश्वास समेत ब्यक्त गरेका थिए ।
भेटमा चिनियाँ चासोमा प्रचण्डले चिन विराधी गतिविधी हुन नदिने भन्दै चिनसँगको सम्बन्ध विकास गर्नमा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर