भक्तपुर काँग्रेसको दुवै क्षेत्रमा देउवा पक्ष, सभापतिमा खत्री र खाय्मली

२६ माघ २०७२, मंगलवार ००:०० मा प्रकाशित

भक्तपुर, २५ माघ । नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ र २ मा सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिसहित महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको छ ।

नतिजा राति अबेर सार्वजनिक भएको हो । नेका भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधरका अनुसार दुबै क्षेत्रमा काँग्रेस प्रजातान्त्रिक पक्ष विजयी भएको बताउनुभयो ।

भक्तपुर क्षेत्र नं १ मा सभापतिमा जीवन खत्री, सचिवमा उद्धव खड्का, कोषाध्यक्षमा राजेश खड्कासहित आठ सदस्य र ११ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

त्यसैगरी, क्षेत्र नं २ को सभापतिमा नारायणभक्त खाय्मली, सचिवमा प्रदीप कार्की, कोषाध्यक्षमा अङ्गत खड्कासहित नौ सदस्य र १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । भक्तपुर जिल्ला अधिवेशन गर्ने तिथि आज साँझसम्ममा टुङ्गो लाग्ने चक्रधरले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक