कालीगण्डकीमा सञ्चालित स्टिमर बन्द

१६ असार २०६९, शनिबार १७:०३ मा प्रकाशित

स्याङजा, १६ असार । वर्षायामसँगै कालीगण्डकी ए जलविद्युत आयोजनामा सञ्चालित जल यातायात अर्थात स्टिमर सेवा बन्द भएको छ । स्टिमर बन्द भएपछि स्याङ्जा, पर्वत र गुल्मीका दुई दर्जन गाउँविकास समितिका बासिन्दा यातायातको सुविधाबाट बञ्चित भएका छन् । नदिमा पानीको सतह बढेपछि दुर्घटना बढ्ने खतराले असार ४ गतेबाट स्टिमर बन्द गर्नुपरेको शीला शालिग्राम जलयातायात समितिका अध्यक्ष चित्र रानाले बताउनुभयो । दैनिक १५ सय भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक अवलोकनको लागि आउने त्यस क्षेत्रमा व्यापारमा समेत कमि आएको छ । दैनिक २० देखि २५ हजारसम्म व्यापारिक घाटा बेहोर्नुपरेको समेत उहाँले जानकारी दिनुभयो । स्टिमर बन्द हुँदा गुल्मीको अरबिनी, जयखानी, पूर्तिघाट, फोक्सिङ, हर्मिचौर, लुम्पेक तथा स्याङ्जाको पिढीँखोला र निबुवाखर्कका बासिन्दा मर्कामा परेका छन् । त्यस्तै पर्वतको शालिग्राम, बर्राचौर, रानीपानी, वहाकी, टकलाक, हुवास तथा बाग्लुङका जैदी, छिस्दि र राङ्खानीका सर्वसाधारण समेत यातायात सेवाबाट बञ्चित भएका छन् । स्टिमर बन्द हुँदा ८० जना यातायात मजदुर समेत कामबिहीन भएका छन् । पानीको बहाव नघटेसम्म यातायात सञ्चालन गर्न नसकिने समितिका कोषाध्यक्ष टिकाराम केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ