गैर माओवादी नेतृत्वको सरकारले मात्रै देशलाई निकास दिन्छः ओली

१६ असार २०६९, शनिबार १७:०१ मा प्रकाशित

काभ्रे, १६ असार । नेकपा एमालेका नेता केपीशर्मा ओलीले देशको निकासका लागि गैर माओवादी नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताउनु भएको छ । नेकपा एमाले उपत्यका, पेशागत बृद्धिजीवि विशेष पर्यटन इलाका कमिटिले आज काभ्रेको धुलिखेलमा गरेको सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले तत्काल नयाँ गठबन्धन बन्न आवश्यक रहेको टिप्प्णी गर्नुभयो ।  राष्ट्रपतिको पत्र अनुसार तत्काल अर्को सरकार गठन नभएसम्म यो सरकार काम चलाउ भइसकेकाले यसको कुनैपनि हैसियत नरहेको टिप्प्णी गर्नुभयो ।  एकीकृत माओवादीकै कारण संविधानसभा भंग भएको र देशमा संवैधानिक रिक्तता आएको दाबी गर्दै ओलीले सत्ता कब्जाको मानसिकता छाड्न माओवादीलाई आग्रह गर्नुभयो । माओवादीले लिएको बाटो हिडे देश रुवान्डा बन्ने खतरा रहेको उहाँको भनाइ छ । बाह्य शाक्तिहरु धर्म विस्तारका लागि सलबलाई रहेको भन्दै ओलीले जाति, भाषा, धर्म, सबै पेसा ब्यवसायलाई सम्मान अवसर पाउनुपर्ने आफ्नो पार्टीले धारणा राखेकै आधारमा संविधानसभा भंग गरेको आरोप खेप्नु परेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको