सागमा निमा घर्तिमगरले नेपाललाई पहिलो स्वर्ण पदक दिलाइन

२५ माघ २०७२, सोमबार २३:३५ मा प्रकाशित

गुवाहाटी, २५ माघ । भारतको सिलोंगमा जारी बाह्रौँ दक्षिण एसियाली खेलकुदअन्तर्गत आज नेपालले पहिलो स्वर्ण पदक जितेको छ ।

प्रतियोगिता सुरु भएको चौथो दिनमा नेपालले स्वर्ण पदक जितेको हो । नेपालका लागि उसु तर्फको नान्ताओउतर्फ निमा घर्तिमगरले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।

आइतबार भएको पहिलो चरणमा उनले ८।४५ र आज भएको दोस्रो चरणमा ८।४६ गरी कुल १६।९१ अङ्कसहित स्वर्ण जितेकी हुन् । रुकुम घर भएकी निमा ललितपुरको ग्वार्कोमा बस्छिन् । उनी डनबस्को बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । स्वर्ण जितेकी उनले देशका लागि पहिलो स्वर्ण पदक दिलाउन सकेकामा आफूलाई एकदमै गर्व लागेको बताइन् ।

यस्तै, उसुको नानकुनतर्फ पनि आज नेपालले एक रजत पदक प्राप्त गरेको छ । आज भएको प्रतिस्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् । उनले पहिलो चरणमा ८।८८ र आज भएको दोस्रो चरणमा ९।२१ गरी कुल १८।१३ अङ्कसहित रजत पदक दिलाएका हुन् । आजको प्रतिस्पर्धामा सबैभन्दा धेरै अङ्क प्राप्त गरे पनि हिजोको प्रतिस्पर्धामा केही अङ्क कम भएकाले रजतमा चित्त बुझाउनु परेको हो । उनको भन्दा ०।७ अङ्कले अघि रहेको भारतले स्वर्ण पदक जित्यो । यी पदकसँगै नेपालको पदक सङ्ख्या ११ पुगेको छ । तिनमा १ स्वर्ण, ४ रजत र ६ कास्य छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले