राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्छ: दाहाल

२५ माघ २०७२, सोमबार २३:१९ मा प्रकाशित

विराटनगर, २६ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको कार्यान्वयनका लागि थुप्रै कानुन बनाउन परेकाले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप दिनुपर्ने विचार व्यक्त गरे । वर्तमान सरकार विस्थापित गरेर अर्को सरकार बनाउने कुरा आफूले कहिले नभनेको प्रस्ट पार्दै उनले मुलुकको समस्याका साथै भूकम्पपछि पुनःनिर्माणका लागि सबै दल एक हुनुपर्नेमा समेत जोड दिए ।

दाहालले मधेसको समस्या समाधानका लागि कार्यदलको सुझावअनुसार नै सीमाङ्कनको विषय टुङ्ग्याउने गरी मुख्य दलबीच छलफल जारी रहेको जानकारी गराउँदै कार्यदलद्वारा नै सीमाङ्कनको विवाद मिलाउनका लागि काँग्रेस र मधेसी मोर्चाका नेता सकारात्मक रहेको जिकिर गरे । मुलुकको हितका लागि सबै कम्युनिस्ट पार्टी एक हुनु जरुरी रहेको बताउँदै उनले नेकपा–माओवादीसँग पार्टी एकताका लागि पहल भइरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको