एमालेभित्रै रहेर संघर्ष गर्ने अशोक राईको भनाई

१६ असार २०६९, शनिबार १६:५७ मा प्रकाशित

काठमाडौ, १६ असार । पार्टीले एकल जातीय पहिचान सहितको संघीयता अस्विकार गरेको भन्दै नयाँ पार्टी खोल्ने अभियानमा जुटेका नेकपा एमालेका उपाध्यक्ष अशोक राईले आफूले अब पार्टीभित्रै रहेर संघर्ष गर्ने बताएका छन् ।
पार्टी एकताकोलागी पहल गर्न आएका विभिन्न जिल्लाका अध्यक्षहरुसँगको भेटमा उपाध्यक्ष राईले नयाँ पार्टी नखोल्ने पार्टी भित्रै संघर्ष गरेर आफ्नो मागलाई स्थापित गर्न प्रयत्न गर्ने प्रतिबद्धता ब्यक्त गरेको एमाले भोजपुरका अध्यक्ष शेरधनराईले जानकारी दिए ।
उपाध्यक्ष राईले आफ्नो माग बारे फेरि एक पटक शिर्ष नेताहरुसँग छलफल गरेर सहमतिको प्रयास गर्ने भन्दै पार्टीलाई कन्भिन्स गरेर मधेसी जनजातीको मागमा पार्टीलाई अगाडि बढाउने विश्वास ब्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले