प्रधानमन्त्री भट्टराई र एमाओवादी अध्यक्ष प्रचण्डबीच छलफल

१६ असार २०६९, शनिबार १६:४१ मा प्रकाशित

काठमाडौ, १६ असार । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीले आगामी सरकारले ल्याउन लागेको बजेट र राजनीतिक निकासका विषयमा छलफल भएको छ । त्यस्तै साउन १ गतेदेखि आयोजना गरेको सातौँ विस्तारित बैठक, पार्टीकै विवाद, जिम्मेवारी बाँडफाँडका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका सहयोगी प्रशान्त लामिछानेले जानकारी दिनुभयो । पार्टीबाट वरिष्ठ उपाध्यक्ष मोहन वैद्यलगायतका केही नेताहरु बाहिरिएर नयाँ पार्टी गठन गरेको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवायलयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार