भारतद्वारा पाकिस्तानलाई मुम्बै आक्रमणका आशङ्कित व्यक्तिका विषयमा दबाब

१६ असार २०६९, शनिबार १२:११ मा प्रकाशित

काठमाडौ, १६ असार । भारतका गृहमन्त्री पी. चिदम्बरमले पाकिस्तानलाई सन् २००८ मा मुम्बैमा भएको आक्रमणका लागि आशङ्कित व्यक्तिले कराचीमा एक नियन्त्रण केन्द्रमा बसी आक्रमणको समन्वय गरी सहयोग गरेको कुरा स्वीकार गर्न आग्रह गर्नुभएको छ । भारतमा जन्मिएका सइद जाबियुद्दिन पाकिस्तानी लडाकू समूह लस्कर–ए–ताइबाका सदस्य हुन् र उनलाई जनु २१ का दिन दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यपूर्वबाट आइरहेको अवस्थामा पक्राउ गरिएको थियो । भारतीय प्रहरीले जाबियुद्दिनले सन् २००८ मा भारतीय वित्तीय राजधानीमा आक्रमण गर्ने १० लडाकूलाई समन्वय गर्ने आफू एक प्रमुख व्यक्ति भएको स्वीकार गरेको जानकारी दिएको छ । उक्त आक्रमणमा १६६ व्यक्तिको मृत्यु भएको थियो । प्रहरीले यी व्यक्तिले आक्रमणको समयमा आफू पाकिस्तानको सहर कराचीमा एक नियन्त्रण कक्षमा उपस्थित रहेको र त्यहीँबाट आक्रमणलाई अनुगमन तथा समन्वय गरेको जानकारी दिएको पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो