काठमाडौ, १६ असार । काठमाडौको लाजिम्पाट–नारायणगोपाल सडकमा सडक मिचेर बनाइएको घरटहरा आजबाट भत्काउने काम सुरु भएको छ । सडकलाई २२ मिटर फराकिलो पार्ने योजना भएपनि धेरै घर भत्काउनु पर्ने भएकाले तत्काल सडकलाई १८ मिटर फराकिलो पार्न लगिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सडक विस्तारको काम सुरु गरिएको हो । खानी विभाग र नारायण गोपालचोकमा डोजरले सडक विस्तार गर्ने काम भइरहेको हो । सडक विस्तारका क्रममा कुनै पनि अप्रिय घटना नहोस भन्नका लागि ठाउँ ठाउँमा सुरक्षा टोली खटाइएको छ । राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालय वरिपरिका निषेधित ठाउँमा भने सशस्त्र प्रहरी परिचालन गरिएको छ । नगर विकास समितिले २२ मिटरसम्म कुनै पनि संरचना बनाउन नपाइने भने पनि मापदण्ड विपरित घरटहराहरु बनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या
काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने
काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार