चिनियाँ टोलीद्धारा काग्रेस सभापति र एमाले अध्यक्षसँग भेटवार्ता, संविधानसभा विघठनमा चासो

१६ असार २०६९, शनिबार १२:०५ मा प्रकाशित

काठमाडौ, १६ असार । नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले संविधानसभा बिघठनमा चासो ब्यक्त गर्दै दलहरुवीचको सहमति र एकतामा नेपालले राजनीतिक गतिरोध छिट्टै अन्त्य हुनु पर्ने मा जोड दिएको छ ।
नेपालको तीन दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौ आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका एसिया मामिलासम्बन्धी उपमन्त्री आइपिङको नेतृत्वको टोलीले काग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई भेटेर आफ्नो चाहना प्रकट गरेको हो ।
काग्रेस सभापति सुशिल कोइरालासँग भेटमा उपमन्त्री आईपीङले टोलीले आज चिन नेपालमा संविधानसभाबाटै संविधान जारी भएर मुलुकमा स्थायीत्व हुनेमा आशाबादी रहेकोमा के कारणले गर्दा नेपालमा संविधानसभा विघठन भयो भनेर चासो ब्यक्त गरेका थिए ।
उनले संविधान जारी नगरी संविधानसभा अचानक विघठन भएकोमा चिन आश्चर्य चकित बनेको भन्दै नेपालमा संविधानजारी गर्न र राजनीतिक गतिरोध अन्त्यकोलागी दलहरुवीचको सहकार्य, सहमति र एकतामा जोड दिएका थिए । उनले विकसित, समृद्ध र शान्त नेपालको पक्षमा चिन रहेको भन्दै त्यसकोलागी जस्तो सुकै सहयोग गर्न समेत चिन तयार रहेको बताएका थिए । उनले दलहरुलाई छिटो सहमतिमा मुलुकलाई निकास दिन समेत आग्रह गरेका थिए । टोलीले नेपालबाट हुने चिन विरोधी गतिविधी र काग्रेस र चिनको सम्बन्धको विषयमा पनि सभापति कोइरालासँग कुराकानी गरेको थियो ।
भेट पछि सभापति कोइरालाले चिनीया टोलीले संविधान नबन्नुको कारण, संविधानसभा विघठन र दलहरुवीचको एकतामा गंभिर चासो राखेको जानकारी दिए ।
त्यस्तै चिनियाँ टोलीले आजै बिहान नेकपा एमाले अध्यक्ष झलनाथ खनालसँग पनि भेटवार्ता गरेको छ । भेटमा चिनिया टोलीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा चासो व्यक्त गरेको छ । यसैगरी चिनिया नेताहरूले संविधानसभा विघटनपछि अन्यौलमा परेको शान्ति प्रक्रिया र संविधान निर्माण बारे पनि जिज्ञासा राखेको थियो । नेपालको राजनीतिक निकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको एमाले नेताहरूसँग भेटमा चिनिया नेताहरूले बताएका थिए । सबै दललाई सहमतिको आधारमा राजनीतिक निकासमा लाग्न पनि टोलीले सुझाव दिएको बताइएको छ । यसैबीच चिनिया कम्युनिस्ट नेताहरूको टोलीले दिउँसो २ बजेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि भेट्ने कार्यक्रम रहेको चिनिया दूतावासले जनाएको छ । नेपालको राजनीतिक अवस्थाका बारेमा अध्ययन गर्न उच्चस्तरीय चिनिया टोली हिजो राति काठमाडौ आइपुगेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही