सेनाले रगत दिएपछि दुई महिलाको ज्यान बच्यो

१६ असार २०६९, शनिबार १२:०० मा प्रकाशित

खोटाङ, १६ असार । नेपाली सेनाका जवानले रक्तदान गरेपछि रगतको अभावमा मृत्यु शैयामा छट्पटाइरहेका खोटाङका दुई महिलाको ज्यान बचेको छ । जबरजंग मुढे ब्यारेक दिक्तेलमा कार्यरत नेपाली सेनाका १० जना जवानहरुले रगत दिएपछि रगतको अभावमा जिल्ला अस्पताल दिक्तेलमा छट्पटाई रहेकी बाँझेच्यानडाँडा–८ की सुत्केरी महिला सञ्जुकला राई र दोर्पाकी रक्तअल्पताबाट पीडित बिरामी मञ्जु बिष्टको ज्यान बचेको हो । सुत्केरी सञ्जुकलालाई गणका हुदा दिनेश लामीछाने, अमलदार उसारी लामा, सिपाहीहरु ललित खत्री, पदम प्रधान र श्याम राजबंशीले एक÷एक पाउण्ड रगत दिनु भएको हो । यस्तै, रक्तअल्पताकी बिरामी मञ्जुलाई प्युठ धनबहादुर अधिकारी, अमलदार ज्ञानबहादुर राई, सिपाहीहरु खिलक तामाङ, लिलाराज भण्डारी र रामसिं खत्रीले एक÷एक पाउण्ड रगत दिनुभएको अस्पतालले जनाएको छ । बिरामीलाई रगत दिनका लागि आग्रह गरिएपछि सेनाका जवानहरुले बिरामीहरुलाई रक्तदान गरेको जबरजंग गणको भनाइ छ । जिल्लामा ब्लड बैंकको अभावमा नेपाली सेनाका जवान, नेपाल प्रहरी, ईच्छुक दाता तथा बिरामीहरुको आफन्तबाट रगतको व्यवस्था गरिँदै आइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा