अर्थमन्त्रीद्धारा दलहरुलाई मान्य हुने गरी बजेट ल्याउने प्रस्ताव

१५ असार २०६९, शुक्रबार १५:२४ मा प्रकाशित

काठमाडौं, १५ असार । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार सबै दलहरुलाई स्विकार्य हुने खालको बजेट ल्याउने तयारीमा रहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँगको भेटमा अर्थमन्त्रीले त्यस्तो जानकारी गराएका हुन ।
अर्थमन्त्रीले बजेट ल्याउन राजनीतिक सहमति हुनु पर्ने आवश्यकता औल्याउँदै सरकार नयाँ बजेटमा पनि सहमति गराउने कोसिसमा रहेको बताएका थिए ।
भेटमा खनालले बजेटको तयारी जारी राख्न आग्रह गर्दै  बीचमा बजेट प्रस्तुत गर्नु अगाडि शिर्ष नेतृत्व बीच राजनीतिक सहमतिकोलागी प्रयास हुने आश्वासन दिएका थिए ।
अर्थमन्त्री आफ्नो तर्फबाट पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरिरहेको जानकारी गराउँदै  दुई÷दुईजना जति मेजर पार्टीहरुले विज्ञहरु दिए बजेट परिमार्जन गरेर सबैलाई स्विकार्य हुने खालको बनाउन आफू तयार रहेको समेत भेटमा स्पष्ट पारेका थिए ।
अर्थमन्त्रीले हिजो काग्रेस सभापति सुशिल कोइरालासँग पनि बजेटको विषयमा छलफल छलफल गरेका थिए भने भोली एकीकृत नेकपा माओवादीका अध्यक्षसँग भेटवार्ता गर्नै कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको अवधिमा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८

काठमाडौँ । कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट

कर्णाली । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु. ४८ लाख राजस्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक

आजको प्रमुख समाचार