कोदालो प्रहार गरी आफनै भाउजुको हत्या

१५ असार २०६९, शुक्रबार १४:५५ मा प्रकाशित

काठमाडौ, १५ असार । झापा पाचँगाछी ८ का एक युवकले कोदालो प्रहार गरी आफनै भाउजुको हत्या गरेका छन् । जग्गा विवादमा ३० वर्षका राजकुमार श्रेष्ठले प्रहार गरेको कोदालोले लागि गम्भीर घाइते ३२ वर्षका भाउजु हेमकुमारी श्रेष्ठको आज बिहान उपचारका क्रममा विराटनागरमा मृत्यु भएको जिल्ला प्रहारी कार्यालय झापाले जनाएको छ । जग्गा विषयमा विवाद हुँदा राजकुमारले हिजो भाउजु हेमकुमारीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए । प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिएको छ । त्यस्तै आज बिहान झापाको शिवगञ्ज २ स्थित कनकाई नहरमा एक व्यक्तिको शव फेला परेको छ  अन्दाजी ४०–४५ वर्षका पुरुषको शव सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको