प्रधानमन्त्रीद्धारा छिट्टै सहमति बन्ने विश्वास ब्यक्त

१५ असार २०६९, शुक्रबार १४:५२ मा प्रकाशित


काठमाडौ, १५ असार । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति र वर्तमान सङ्कटको निकासका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कलाकारहरूसँग भएको छलफलमा प्रधानमन्त्रीले दलहरुका बीचमा ढिलो चाँडो सहमति जुट्ने पनि विश्वास व्यक्त गर्नुभयो । आफूलाई कुर्सीको मोह नभएको बताउँदै प्रधानमन्त्रीले देशलाई निकास दिने कुरा नै प्रमुख भएको बताउनुभयो ।चलचित्र क्षेत्रको विकासको लागि सरकार प्रतिबद्ध भएको बताउँदै प्रधानमन्त्रीले विदेशी चलचित्रको सेपमा नेपाली चलचित्र परेकामा चिन्ता व्यक्त गर्नुभयो । पाइरेसी, रोयल्टीलगायतका समस्यालाई समाधान गर्नका लागि सबै प्रकारको पहल गर्ने पनि उहाँले बताउनुभएको थियो । छलफलका क्रममा कलाकारले चलचित्र क्षेत्रको विकासका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले कलाकारका लागि राज्यले कोष खडा गर्नुपर्ने पनि माग राख्नुभएको थियो । पाइरेसी, सिआरबिटी समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्नेमा कलाकर्मीले जोड दिएको भेटमा सहभागी चलचित्र निर्देशक अशोक शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका