बाह्र वर्षमा बढ्यो विद्युत् महसुल

१५ असार २०६९, शुक्रबार १२:४८ मा प्रकाशित

काठमाडौं, १५ असार । बाह्र वर्षपछि पहिलोपटक सरकारले विद्युत् महसुल बढाउने भएको छ । साउनदेखि लागू हुने गरी विद्युत् महसुलमा २० प्रतिशत मूल्य बढाइएको हो । विद्युत् निर्धारण आयोगले महसुल बढाउने निर्णय गरेको हो । आयोगले २० युनिटभन्दा कम खपत गर्ने ग्राहकले तिर्नुपर्ने दर भने यथावत् राखेको छ । २० युनिटभन्दा बढी उपभोग गर्नेले बिजुलीको महसुल उपभोगका अधारमा बढी तिर्नुपर्ने छ । साउन १ गतेदेखि औसत २० प्रतिशतका दरले बिजुली महसुल बढेको जानकारी दिंदै आयोगका सदस्य पशुपति मुरार्काले महसुल बढेपछि विद्युत् प्राधिकरणको वार्षिक घाटा साढे ४ अर्बले घट्ने बताए । उनका अनुसार अहिले प्राधिकरणको वार्षिक घाटा ७ अर्ब छ भने पछिल्लोपटक २०५७ सालमा महसुल बढेपछि प्राधिकरणले महसुल वृद्धि गर्न सकेको थिएन । घरायसी प्रयोगमा अब २० युनिटसम्म खपत गर्ने ग्राहकले प्रतियुनिट ४ रुपैयां, २१ देखि ५० युनिटसम्म ७ रुपैयां ३० पैसा, ५१ देखि १ सय ५० युनिटमा ८ रुपैयां ६० पैसा, १ सय ५१ देखि २ सय ५० सम्म ९ रुपैयां ५० पैसा र २ सय ५१ भन्दामाथि प्रतियुनिट ११ रुपैयां शुल्क लाग्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो

मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ ।

काठमाडौँ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन