प्रधानमन्त्रीको राजीनामाको विकल्प छैनः सभापति कोइराला

१५ असार २०६९, शुक्रबार ११:४४ मा प्रकाशित

काठमाडौ, १५ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सहमतिका लागि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजीनमा दिनुपर्ने दोहो¥याउनुभएको छ । सद्भावना पार्टीका अध्यक्ष तथा स्वास्थ्यमन्त्री राजेन्द्र महतोसँगको भेटका कोइरालाले आज यस्तो वताउनुभएको हो । भेटमा कोइरालाले राजनीतिक सहमतिका लागि आफुहरुले गरिरहेको पहलमा सहयोग गर्न महातोलाई आग्रह गर्नु भएको थियो । यसैबीच मन्त्री महतोले प्रधानमन्त्रीको राजनीमामा माग्नु भन्दा पनि अन्य विकल्प खोज्न कोइरालालाई सुझाव दिनुभएको छ । जवाफमा कोइरालले सहमतिका लागि विश्वासको वतावरण बनाउन प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्नुभयो । कोइराला निवास महाराजगन्जमा भएको भेटमा राष्ट्रिय सहमतिको सरकार गठन र आगामी आर्थिक वर्षको बजेट ल्याउने बारेमा पनि छलफल भएकोे थियो । सभापति कोइरालाले हिजो तमलोपाका अध्यक्ष महन्त ठाकुरसँग पनि राजनीतिक निकास खोज्ने बारेमा छलफल गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्