चलचित्र कल्याण कोषका लागि सरकारले एक करोड रुपैयाँ दिने

१५ असार २०६९, शुक्रबार ११:३८ मा प्रकाशित

काठमाडौ, १५ असार । चलचित्र कल्याण कोषका लागि सरकारले एक करोड रुपैयाँ दिने भएको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलचित्रकर्मी तथा कलाकर्मीहरुसँगको भेटमा प्रधानमन्त्री भट्टराईले सिनेमा क्षेत्रको विकासका लागि सरकारले छिट्टै एक कारेड रुपैयाँ उपलव्ध गराउने वताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले नेपाली सिनेमा उधोगको विकासका लागि सरकारी तवरबाट गर्नुपर्ने पहलका गर्न आफू सधै तयार रहेको वताउनुभएको छ । प्रधानमन्त्रीसँगको भेटमा कलाकारहरुले सिनेमा उद्योगको विकासका लागि राज्यले नीति बनाउनु पर्ने र रोयल्टीको संरक्षण गर्न पहल गर्नुपर्ने माग गरेका थिए । यसैबीच, अस्लिल चलचित्रलाई सेन्सर बोर्डले पास गरेपछि नेपाली चलचित्रको मौलिकतामा अन्याय भएको कलाकारहरुले गुनासो गरेका थिए । सिनेमाकर्मी तथा कलाकर्मीहरुको समस्याका बारेमा टास्क फोर्स गठन गरेर आए आफू त्यसै अनुसार समस्या समाधानमा लाग्ने प्रधानमन्त्रीले बताएको भेटमा सहभागी गायक तथा सङ्गीतकार चेतन सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित