तनहुँको जामुनेमा पहिरो खस्दा, एकै स्थानमा ७ जनाको मृत्यु

१५ असार २०६९, शुक्रबार ०९:५७ मा प्रकाशित

तनहुँ, १५ असार । तनहुँको जामुनेमा पहिरो खस्दा, एकै स्थानमा ७ जनाको मृत्यु भएको छ ।  अविरल बर्षाका कारण डाँडाबाट पहिरो खसेर घर पुरिंदा तनहुँको जामुने गाविस वडा नं १ ट्याँकिडाँडामा ७ जनाको मृत्यु भएको हो । स्थानिय साईबहादुर विकको घर पुरिदा उहाँकी श्रीमती २४ वर्षीया रुपा विक, ८ वर्षीया छोरी पुर्णिमा विक, बहिनी ६ वर्षकी देवीमाया विकको मृत्यु भएको हो । यस्तै साइबहादुरका छिमेकीहरु २० वर्षका शुष्मा विक, उहाँका २ वर्षीया छोरी रेखा विक, १५ वर्षकी सम्झना विक र १५ वर्षकै दुर्गा विकको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । मृतक सबैको शवको सनाखत भइसकेकाले शव दमौली लाने तयारी भइरहेको स्थानिय सोमबहादुर आलेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता