आज राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

१५ असार २०६९, शुक्रबार ०९:४६ मा प्रकाशित

काठमाडौ, १५ असार । आज असार १५, नवौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०६९, विभिन्न कार्यक्रम गरी देशभरमा मनाइदैछ । “धान, खाद्य सुरक्षाको लागि वरदान” भन्ने नारा यसवर्षको धान दिवसको लागि तय गरिएको छ । कृषि विकास मन्त्रत्रालय, कृषि विकास विभाग, नेपाल कृषि अनुन्धान परिषद्को आयोजना तथा नागरिक उड्डययन मन्त्रालयको सहकार्यमा २०६१ देखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । दिवस र महोत्सवको अवसरमा कृषि क्षेत्रसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायले खाद्य सुरक्षाको लागि धानको महत्व तथा धान खेतीमा भित्रिएका प्रविधिको बारेमा आज अन्तरक्रिया गर्दैछन् । प्रमुख खाद्य बालीको रुपमा रहेको धानको उत्पादन अन्य बालीको तुलनामा क्षेत्रफल र उत्पादन झण्डै दोब्बर रहेको छ । नेपालमा हरेकवर्ष करिब ९० अर्ब रुपैया बराबरको धान उत्पादन हुने गरेको छ भने अर्थतन्त्र सुधार, खाद्य सुरक्षा, पशु आहारा लगायतको पूर्तिमा पनि धानको महत्व धेरै छ । नेपालमा हालसम्म धानका ६० भन्दा धेरै जातको विकास भइसकेका छन् । असार १५ को अवसर पारेर आज दही, चिउरा खाने परम्परा पनि छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ