बाग्लुङ, १५ असार । बागलुङको हटियामा पहिरोले एक घर पुर्दा तीन जना वेपत्ता भएका छन् । हिजो साँझदेखि आएको अविरल वर्षाका कारण आएको पहिरोले हटिया गाविस वडा नं ३ चौताराको एकै घरको तीन जना वेपत्ता भएका हुन् । स्थानिय टेकबहादुर खत्रीको घर पुरिदा खत्रीकी श्रीमती ६४ वर्षीया पवित्रा खत्री, घरमा डेरा गरी बस्ने बागलुङ रेश गाविस वडा नं ८ की अन्दाजी २२ वर्षीया लक्ष्मी सुनार र उहाँका ३ वर्षीया छोरा सुदिप सुनार भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा जानकारी पाएलगत्तै हटिया प्रहरीचौकी र ईलाका प्रहरी कार्यालय हरिचौको टोली घटनास्थलमा पुगेको छ । अहिले डोजर लगाएर पहिरो हटाउन थालिएको र वेपत्ताहरुको खोजि भईरहेको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।
प्रतिक्रिया
सम्बन्धित खवर
डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका
काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,
धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले