एमाले संघीयताबाट पछि हट्न सक्ने नेपालको कथन

१४ असार २०६९, बिहीबार १८:०६ मा प्रकाशित


काठमाडौं, १४ असार । नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रदिप नेपालले नेपालमा संघीयता आवश्यक नभएकोले नेकपा एमाले संघीयताबाट पछि हट्न सक्ने बताउनुभएको छ । वर्तमान परिवेशमा नेपालमा संघीयता पटक्कै आवश्यक नभएको भन्दै आफूले एमालेलाई संघीयताबाट ब्याक गराउन बहस सृजना गर्ने अभियान नै चलाउन लागेको उहांले स्पष्ट पार्नुभयो । नेपाल आफै बाँच्न सक्नेगरी आत्मनिर्भर भएपछि मात्रै संघीयताको विषयमा सोच्न सकिने उहांले बताउनुभयो । सामन्तवादी, पुंजिवादीले मात्रै संघीयता मागेको दाबी उहांको थियो । संघीयताको तिक्तताले जनतामा विग्रह ल्याउने चेतावनी दिंदै नेता नेपालले आर्थिक रुपमा मुलुकले संघीयता कुनै पनि हालतमा धान्न नसक्ने दाबी गर्नुभयो । उहांले संघीयताले मुलुकका राजनीतिक पार्टीहरु फुटेर छिन्नभिन्न हुने र देशलाई नै विसंगतीतिर लैजाने ठोकुवा गर्नुभयो । आफू बाबुरामको ठाउंमा भएको भए सबै काम एकैदिनमा मिलाउने अभिव्यक्ति दिंदै एमाले नेता प्रदीपले संविधानसभा नेपालको इतिहासमा संविधानसभा कहिल्यै नदोहोरियोस् भन्ने कामना समेत गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका