यार्सागुम्बा तस्करी गर्ने चिनियां पक्राउ

१४ असार २०६९, बिहीबार १७:४३ मा प्रकाशित

काठमाडौं, असार १४ गते । अवैध रुपमा खासातर्फ लैजाँदै गरेको ५ के.जी. यार्सागुम्बासहित चिनियां नागरिक ५३ बर्षीय सादोङलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर जगाती चोकमा आज सबेरै काठमाडौँबाट खासातर्फ जाँदै गरेको बा.७ च ८९३१ नम्वरको पर्यटक गाडीलाई प्रहरीले चेकजाँच गर्दा उक्त यार्सागुम्बा फेला परेको थियो । प्रहरीले उनलाई यार्सागुम्बासहित जिल्ला बन कार्यालय भक्तपुरमा बुझाएको छ ।
यसैगरी १ सय ८५ ग्राम तौलको भालुको पित्तसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गोंगबु–६ स्थित लम्जुङ थकाली गेष्ट हाउसमा अवैधानिक भालुको पित्त छिपाइ राखेको सुराकी पाएपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले त्यहं छापा मारेको थियो । पक्राउ पर्नेहरुमा लम्जुङ जिल्ला डोढनी–८ का २६ वर्षीय कुमार लामा, ओखलढुंगा जिल्ला पातले–९ का ३५ वर्षीय सूर्यबहादुर तामाङ र लम्जुङ जिल्ला बाँझखेत–५ का २५ वर्षीय दिपक तामाङ रहेका छन् । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी