प्रधानमन्त्रीको अभिव्यक्ति अधिनायकवादी सोचको परिणाम भएको एमाले महासचिवको टिप्पणी

१४ असार २०६९, बिहीबार १७:५२ मा प्रकाशित

काठमाडौ, १४ असार । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफूले तत्काल राजिनामा नदिने भनेर दिएको अभिव्यक्ति अधिनायकवाद सोचको पुनरावृत्ति भएको टिप्पणी गर्नुभएको छ । राजनीतिक सहमतिलाई ठाडो चुनौती दिने गरि दिएको अभिव्यक्ति अधिनायकवाद सोचबाट निर्देशित भएको उहाँले आरोप लगाउनुभयो । चितवनको भरतपुरमा प्रेस चौतारी चितवनले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक र संवैधानिक सङ्कट झन–झन बढ्दै गएको भन्दै सङ्कट टार्न सहमतिको अर्को विकल्प नभएको उल्लेख गर्नुभयो । यस्तै पोखरेलले काम चलाउ सरकारले घोषणा गरेको मङ्सिर ७ गतेको चुनाव हुनै नसक्ने दावी गर्नुभयो ।
एमाले चितवनले सन्चालन गरेको पार्टी सुदृढीकरण अभियानको समापन कार्यक्रममा सहभागी हुन चितवन आउनुभएका महासचिव पोखरेलले नेकपा एमाले कुनै पनि हालतमा नफुट्ने दावी गर्दै आदिवासी जनजातिहरुले उठाएको माग यथोचित संबोधन गरिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा