शरदसिंहले मधेसी नेताकै भण्डाफोर गर्ने

१४ असार २०६९, बिहीबार १७:१३ मा प्रकाशित


काठमाडौं, १४ असार । संविधानसभा विघटनसंगै सत्तारुढ फोरम लोकतान्त्रिकबाट बाहिरिएका शरदसिंह भण्डारीले राष्ट्रिय समाजवादी मधेस पार्टी गठन गर्नुभएको छ । नयां पार्टी गठन गर्ने उद्देश्यसहित काठमाडौमा १३ गतेदेखि सुरु भेलाबाट तय गरिएको पार्टीको नाम र झण्डा आज औपचारिक रुपमा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरियो । भण्डारी अध्यक्ष रहने नयां पार्टीको झण्डाको माथिल्लो भागमा सेतो र तल्लो भागमा हरियो रंग रहेको र हरियो पृष्ठभूमिबाट सूर्योदय हुंदैगरेको देखाइएको छ । सुर्योदयमा भएका पांचवटा रेखाले संघीयता, समावेसी, लोकतन्त्र, समृद्धि र समानता रहेको जानकारी दिइयो । पार्टीका अध्यक्ष भण्डारीले सत्ताको लोभमा मात्र मौका ढुकी बस्ने मधेसी दल तथा नेताहरुको भण्डाफोर गरिने उद्घोष गर्नुृभयो । नयां पार्टी घोषणापछि आजै सो पार्टीका कार्यकर्ताहरुले राजधानीमा शक्ति प्रदर्शन भन्दै मोटरसाइकल ¥यालीसमेत निकालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्