मधेसबारे स्पष्ट धारणा बनाउन ठाकुरको आग्रह

१४ असार २०६९, बिहीबार १७:१० मा प्रकाशित


काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र तराइ–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ । सुशील कोइरालाको निवास महाराजगञ्जमा आज भएको भेटमा सभापति कोइरालाले मधेसी दलहरु राजनीतिक सहमति र मुलुकको समस्या समाधानका मामलामा गम्भीर बनिदिन आग्रह गर्नुभएको बुझिएको छ । मधेसी नेताका रुपमा पहचान बन्नुअघि लामो समय नेपाली कांग्रेसमा रही साथ–साथ प्रजातान्त्रिक आन्दोलनमा लागिपरेको इतिहास स्मरण गराउंदै कोइरालाले ठाकुरसंग ‘अन्य मधेसी नेताहरुलाई सम्झाउने क्षमता र हैसियत तपाईंको मात्र छ’ भन्दै सहयोगका लागि आग्रह गर्नुभएको स्रोतले जनायो । दुई नेताबीच राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा गहन छलफल भएको बताइए पनि त्यसबारे नेताहरु के निचोडमा पुगे भन्नेबारे गोप्य नै राखिएको छ । मधेसबारे स्पष्ट धारणा बनाए आफूबाट सबै प्रकारको सहयोग हुने जवाफ ठाकुरले कोइरालालाई दिनुभएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार