हजारलाई लाख बनाउँने भन्दै लाखौं ठगी

१४ असार २०६९, बिहीबार १४:४३ मा प्रकाशित

रौतहट, १४ असार । हजार रुपैयालाई लाख बनाउने भन्दै एक ठगले रौतहट जिल्लाको ग्रामिण भेगका दर्जनौं स्थानीय बासिन्दाको लाखौ रुपैयाँ ठगेर फरार भएका छन् । पर्सा जिल्लाको बिरुवागुठी घर भएका सुरेश गिरीले जोगिको भेषमा आएर रौतहटको बगही, कटहरिया, प्रेमपुरगोनाही लगाएतका गाविसका बासिन्दाको लाखौ रकम लिएर भागेको स्थानीय बासिन्दाले बताएका छन् । पछिल्लो एक महिनादेखि शिवनगर–कटहरिया सडकखण्डको जलैया चोकमा रहेको एक मठमा जोगीको भेषमा बस्दै आएका गिरीले एक हजारको एक लाख बनाएर दिन्छु भन्दै स्थानीय सोझासाझासँग रकम असुलेर फरार भएका हुन् । जोगीको भेषमा रहेका गिरीले अन्य स्थानीय बासिन्दासंग समेत लाखौ रकम असुलेको उजुरी ईलाका प्रहरी कार्यालय कटहरियामा परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान