श्रीमती र नाबालक दुई छोरा छोरीको हत्या गरी फरार रहेका व्यक्ती प्रहरीको नियन्त्रणमा

१४ असार २०६९, बिहीबार १४:४२ मा प्रकाशित

झापा, १४ असार । दक्षिणी झापाको जलथलमा हिजो दिउँसो श्रीमती र नाबालक दुई छोरा छोरीको हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्यामा संलग्न ४० वर्षका शोभा थोकसोक मनिपुरेलाई आज बिहान लुकीछुपी बसेको अवस्थामा झापाको हल्दीबारी ७ बैदार टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको हुलीयाको आधारमा घटना लगत्तै सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो । भारत मनिपूरका शोभा केही दिनअघि मात्र जलथल ससुराली आएका थिए । माइतमै रहेकी चिया बगानमा काम गर्ने श्रीमती २५ बर्षीया रेभीका, तीन महिने छोरी सुनीता र चार वर्षका छोरा अरुणलाई हिजो दिउँसो धारिलो हतियार प्रहार गरी शोभाले हत्या गरेका थिए । हत्यामा संलग्न शोभा मनीपुरे भाषा मात्र बुझने र बोल्न सक्ने भएकाले दोभाषे झिकाएर अनुसन्धानको काम सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज