बाबुराम यसरी बन्दैछन् ‘अमर’

१४ असार २०६९, बिहीबार १४:४२ मा प्रकाशित


काठमाडौं, १४ असार । एक समय अत्यन्त लोकप्रिय मानिएका डा. बाबुराम भट्टराई सत्तामा पुगेपछि क्रमशः अलोकप्रिय हुंदै गएका छन् । उनको दशमहिने कार्यकाल पेट्रोल र डिजलको मूल्य सबैभन्दा धेरैपटक बढाइएको समयका रूपमा मात्र इतिहासमा अङ्कित हुने देखिएको छैन, हिंसा, अपराध र अराजकताको उत्कर्षका रूपमा पनि यही कालखण्ड लिपिबद्ध हुने ठानिएको छ । देशको सार्वभौमसत्ता कमजोर तुल्याउने, राष्ट्रियता र राष्ट्रिय एकतामा गम्भीर आंच पु¥याउने तथा जनताको दैनिक जनजीवन सर्वाधिक कष्टकर बनाउने प्रधानमन्त्रीका रूपमा बाबुराम भट्टराईको नाम ‘अमर’ हुने स्थिति बनेको छ । संविधानसभाको स्वाभाविक मृत्युपश्चात् सम्पूर्ण नैतिक मूल्य–मान्यता बिर्सिएर सत्तामा बसिरहन उनले दर्शाएको ढिठले भट्टराईमा सत्तालिप्सा र अधिनायकवादी चरित्र पनि प्रबल रूपमा रहेको तथ्य उजागर गरेको छ । देशभित्र दुर्बल र कमजोर बन्दै गरेका भट्टराईले विदेशीको आडभरोसामा जुन फुर्ती देखाउन थालेका छन् यसले उनको लोकप्रियतामा मात्र थप क्षति पु¥याएको छैन, देशमा गम्भीर दुर्घटना निम्त्याउने सङ्केतहरू पनि देखिन थालेका छन् । भट्टराईको हठ कायम रह्यो भने उनले बेइज्जतीपूर्वक सत्ताबाट हट्नुपर्ने अवस्था आउन टाढा देखिंदैन । लोकतन्त्र पक्षधर राजनीतिक दलहरूको संयुक्त सङ्घर्षबाट या राष्ट्रपतिबाट चालिने कदमबाट हट्नुपर्ने अवस्था जुन देखिंदै छ, त्यस्तो अवस्थामा भट्टराईको पूर्वलोकप्रियता र बचेखुचेको प्रतिष्ठा माटोमा मिल्ने निश्चित छ । त्यसैले अहिले नै राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको मार्ग प्रशस्त गर्ने या बेइज्जतीपूर्वक सत्ताबाट हटाइने दिनको प्रतीक्षा गर्ने, बाबुरामका अघिल्तिर दुईवटा मात्र विकल्प रहेका छन् । सत्तामा पुगेपछि जो पनि बिगं्रदो रहेछ र जतिसुकै बुद्धिमान भए पनि अन्धो बन्दोरहेछ भन्ने कुराको सजीव दृष्टान्ट बन्दै गरेका डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा सहमतिको सरकार गठन गरी निर्वाचन सम्पन्न गराउन सके भने यो देशको सबैभन्दा सफल र लोकप्रिय नेताको स्थान बनाउने कुरामा भने शङ्का गर्नुपर्ने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा