प्रधानमन्त्री आफ्नै अडानमा

१४ असार २०६९, बिहीबार १४:३२ मा प्रकाशित

काठमाडौं, १४ असार । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान निर्माण लगायत विगतमा भएका कमी–कमजोरीबाट पाठ सिक्दै समीक्षा गर्नु जरुरी रहेको बताउनुभएको छ । संविधानसभाको विघटन, एकलौटी ढंगमा नयां निर्वाचनको घोषणा जस्ता विषयलाई लिएर प्रतिपक्षी दलहरुद्वारा प्रधानमन्त्रीको राजीनामा माग्दै आन्दोलनमा रहेका बेला प्रधानमन्त्रीले कमी–कमजोरीबारे समीक्षा गर्नु आवश्यक रहेको उल्लेख गर्नुभएको हो ।
राष्ट्रिय सहमति बनाएर अघि बढ्नुको विकल्प नभएको भन्दै प्रधानमन्त्री भट्टराईले आफ्नै नेतृत्वको सरकारलाई सहमतिको सरकार मानेर अगाडि बढ्न परोक्ष रुपले आग्रह गर्न चुक्नुभएन । ब्राजिलबाट फर्किएलगत्तै अर्को निर्वाचनसम्म यही सरकार रहने विवादास्पद अभिव्यक्ति दिएर आलोचित बन्नुभएका भट्टराईले एकअर्कालाई आरोप–प्रत्यारोप गरेर समय बिताउनुभन्दा मुलुकलाई आर्थिक उन्नतीको बाटोमा लैजान सबैले सामूहिक प्रयत्न गर्नुपर्ने विचार प्रकट गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयको ५३ औं वाषर््िाक समारोहलाई आज सम्बोधन गर्दै उहांले निर्वाचित निकायबाटै संविधान जारी हुनुपर्ने भएकोले त्यसका लागि सबैको प्रतिवद्धता अपरिहार्य रहेकोमा जोड दिनुभयो । सो समारोहमा सहभागी हुन जांदा कांग्रेसका कार्यकर्ताहरुले त्रिवि गेटमा भट्टराईलाई कालो झण्डा देखाएर विरोध गरेका थिए । सो क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका