काङ्ग्रेस सभापति कोइराला र तमलोपा अध्यक्षबीच भेट

१४ असार २०६९, बिहीबार १४:३३ मा प्रकाशित

काठमाडौ, १४ असार । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला र तमलोपाका अध्यक्ष महन्त ठाकुरबीच समसामयिक राजनीतिक अवस्थाको बारेमा आज छलफल भएको छ । कोइराला निवास माहाराजगञ्जमा भएको भेटमा सभापति कोइरालाले बृहत राष्ट्रिय सहमतिका आधारमा अगाडी बढ्नुको बिकल्प नरहेको भन्दै त्यसका लागि सबै पक्ष सकारात्मक हुनुपर्ने बताउनु भएको थियो । कोइरालाले काङ्ग्रेसले सुरु गरेको संबाद प्रक्रियाका आधारमा सहमति खोज्नुको बिकल्प नरहेको बताउनु भएको कोइरालाको निजी सचिवालयले जनाएको छ । कोइरालासँगको भेटपछि सञ्चारकर्मीहरुसंग तमलोपा अध्यक्ष ठाकुरले निर्वाचन घोषणा भइसकेको अबस्थामा उत्पन्न नयाँ परिस्थीतीमा नयाँ सहमतिको आवश्यक रहेको धारणा आफूले कोइराला समक्ष राखेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला