पूर्ण आकारको बजेट आउने प्रधानमन्त्रीको भनाइ

१४ असार २०६९, बिहीबार १४:२७ मा प्रकाशित

काठमाडौ, १४ असार । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको लागि सरकारले पूर्ण आकारको बजेट ल्याउने बताउनु भएको छ । बजेटको विषयमा अन्य दलहरुको पनि त्यति धेरै फरक मत नराखेकोले राजनीतिक सहमतिमा अध्यादेश मार्फत बजेट ल्याईने पनि प्रधानमन्त्रीको भनाइ छ । उद्योग वाणिज्य महासङ्घको टोलीसँग आज विहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री भट्टराईले उद्योग कलकारखाना बन्द हुने कुरा चिन्ताको विषय भएको बताउँदै रुग्ण उद्योगहरुलाई पनि खुलाउनेतर्फ सरकार लागिपरेको जानकारी गराउनु भएको उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले जानकारी दिनुभयो । छलफलमा महा सङ्का अध्यक्ष वैद्यले संक्रमणकालिन अवस्था लामो हुँदा निजी क्षेत्र प्रभावित बन्दै गइरहेकाले निकासका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमति, राजनीतिक तथा संवैधानिक संकटबाट देशलाई निकास दिनको लागि उद्योगी, व्यवसायीहरुको पहल महत्वपूर्ण हुनेमा जोड दिनु भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले जानकारी दिनुभयो । दलहरुले आवेग र आक्रोश पोखे पनि निकासका लागि सहमतिमा आउने विश्वासगर्दै प्रधानमन्त्रीले सर्वोच्चको आदेशमा टेकेर संविधानसभाको निर्वाचनको घोषणा गरेको बताउनु भयो । दुई अङ्कको आर्थिक बृद्धिलाई पच्छ्याउनु पर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आर्थिक विकासको नेतृत्व नीजि क्षेत्रले गर्न जरुरी भएको औंल्याउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार