संविधानसभा ब्युंताउन कांग्रेसका पूर्वसभासदहरुले पार्टीलाई दबाव दिने

१४ असार २०६९, बिहीबार ०८:०९ मा प्रकाशित


काठमाडौं, १४ असार । नेपाली कांग्रेसका ५ दर्जनभन्दा बढी सभासदहरुले संविधान निर्माणका लागि संविधानसभालाई पुनस्र्थापन गराउने विषय पार्टीकै एजेन्डा बन्नुपर्ने माग गरेका छन् । संविधान निर्माणका अन्य विकल्पमा जानुको साटो राष्ट्रिय सहमति गरी जननिर्वाचित संसद ब्युंताउनु पर्ने उनीहरुको तर्क छ । राजधानीमा बुधबार भएको पूर्वसभासदहरुको भेलाले राज्यपुनर्संरचनाको विवाद समाधान गरी संविधानसभा पुनस्र्थापना गर्नुपर्ने निष्कर्श निकालेको हो । भेलाले संविधानसभा पुनस्र्थापनालाई पार्टीको एजेन्डा बनाउनुपर्ने मागसहित सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । भेलामा सहभागी पूर्वसभासद जीवनप्रेम श्रेष्ठले संविधान निर्माणका लागि संविधानसभा नै उपयुक्त विकल्प भएकोले यसैलाई एजेण्डा बनाउन पार्टी नेतृत्वलाई दबाव दिने बताए ।
संविधानसभा पुनस्र्थापनको अभियानमा नेपाली कांग्रेसका पूर्वसभासद कमला पन्त, जीवनप्रेम श्रेष्ठ, मोहनप्रसाद, महेन्द्रध्वज जीसी, शोभाकर पराजुलीलगायत सक्रिय रहेका छन् भने कांग्रेसका नेता देउवालेबाहेक यस विषयमा खुलस्त केही बोलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल