आदिवासी–जनजाती आन्दोलनमा बेलायतले सघाएको अस्वीकार

१३ असार २०६९, बुधबार २२:१२ मा प्रकाशित

काठमाडौं, १३ असार । आदिवासी जनजातीहरुको आन्दोलनमा पश्चिमा मुलुकहरुले आर्थिक सहयोग गरेको टिप्पणी भइरहंदा नेपाल भ्रमणमा रहेका एक बेलायती मन्त्रीले त्यसको प्रतिवाद गरेका छन् । नेपाल भ्रमणमा रहेका बेलायती अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डंकनले आदिवासी जनजातीलाई आर्थिक सहयोग गरेको भन्ने खबरमा सत्यता नभएको दाबी गरे । भ्रमणको दोस्रो दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहांले आदिवासी जनजातीको समुन्नतीका लागि मात्र आर्थिक सहयोग प्रदान गरिएको जनाए । डंकनले बेलायती सहयोग निकाय डिफिडद्वारा गरिएको सहयोग कुनै जातीविशेषका लागि नभई अल्पसंख्यक जातीलाई मूलधारमा ल्याउन केन्द्रित रहेको प्रस्ट्याए । उनका अनुसार डिफिडमार्फत् पछिल्लो चार वर्षमा नेपाललाई ५ खर्ब रुपैयां सहयोग उपलब्ध गराइएको छ ।
यसैबीच नेपाल आएलगत्तै भेटघाट तिब्र बनाएका राज्यमन्त्री डंकनले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसंग भेटघाट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा