बेलायती राज्यमन्त्री र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१३ असार २०६९, बुधबार २०:५३ मा प्रकाशित

काठमाडौ, १३ असार । नेपाल भ्रमणमा रहनुभएका बेलायतका अन्तर्राष्ट्रि«य विकाससम्बन्धी राज्यमन्त्री एलन डंकन र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा समसामयिक राजनीतिक विषय, ा मङ्सिर ७ गतेको निर्वाचन, बेलायती सहयोगलगायतका विषयमा छलफल भएको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । राज्यमन्त्री डंकनले संविधानसभा विघटनपछि दलहरुबीच थप सहमति र सहकार्यको आवश्यकता औँल्याउँदै प्रचण्डलाई सहमतिका लागि पहल सुरु गर्न आग्रह गर्नुभएको थियो । भेटमा राज्यमन्त्री डंकनले एमाओवादी पार्टी विभाजन र नवगठित पार्टीको गतिविधिबारे पनि जिज्ञासा राख्नुभएको थियो । जवाफमा दाहालले आफूले दलहरुसँग छलफल सुरु गरिसकेको बताउँदै चाँडै सहमतिमा पुग्ने बताउनु भएको पनि खकुरेलले जानकारी दिनुभयो । राज्य मन्त्री डंकन तीनदिने भ्रमणको क्रममा मङ्गलबार नेपाल आइपुग्नु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा