अज्ञात समुहद्वारा अछाममा छाउपडी गोठमा सुतेकी महिलामाथि कुटपिट तथा लुटपाट

१३ असार २०६९, बुधबार २०:४४ मा प्रकाशित

अछाम, १३ असार । अछाम जिल्लाको सिउँडी गाविस वडा नं.६ मा हतियारधारी समुहले छाउपडी गोठमा सुतेकी एक महिलालाई मरनासन्न हुने गरी कुटपिट गर्दै गरगहनासमेत लुटेर लगेको छ । गएराती १ बजेतिर ६ जनाको हतियार धारी समुहले छाउपडी गोठमा सुतेकी ३५ बर्षिय चम्फ साउँदलाई कुटपिट गर्नुका साथै गरगहना लुटेको पीडितले बताउनुभयो । छाउपडी गोठमा सुतेको बेला उहाँमाथि आक्रमण भएको र घटना थाहा पाएपछि श्रीमान् कराउन थालेपछि श्रीमान अमर साउँदलाई पनि कुटपिट गरेर गम्भीर घाइते बनाएको आफन्त अर्क साउँदले जानकारी दिनुभयो । दुवै जनाको चौरमान्डु प्राथमिक स्वास्थ्य केन्द्र चौरपाटीमा उपचार भैरहेको छ । लुटेराहरुले चम्फले लगाएको करिब ४ तोला सुन तथा २७ तोला चाँदीको गरगहनासमेत लुटेर लगेको आफन्तले बताएका छन् । घटनामा संलग्न भएको आशंकामा स्थानीय एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुदुरपश्चिममा जरा गाडेर रहेको छाउपडी प्रथाका उन्मूलनका लागि विभिन्न अभियानहरु भए पनि छाउपडी र यसका कारण महिलामाथि हुने हिंसाका घटना भने भइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको