असार १५ गते नवौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइने

१३ असार २०६९, बुधबार २०:४२ मा प्रकाशित

काठमाडौ, १३ असार । धान खाद्य सुरक्षाको लागि जिवन वरदान भन्ने मुल नाराका साथ असार १५ गते  नवौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइने भएको छ । कृषि विभागका विभागले आज पत्रकार सम्मेलनमार्फत किसानलाई कृषि पेशामा सक्रिय गराउनको लागि महोत्सवलाई भव्य किसीमले मनाउन लागेको जानकारी दिइयो । नवौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव तथा कृषि विभागका महानिर्देशक डा श्याम शाहले गत वर्ष १५ लाख ३१  हजार हेक्टरमा धान खेती लगाएकोमा ५० लाख ७२ हजार  मेट्रीक टन धान उत्पादन भएको जानकारी दिनुभयो । समयमा पानी नपरेकाले यस वर्ष देशभर ५ प्रतिशत मात्रै रोपाई भएको छ । गत वर्षमा असारको पन्ध्रसम्म ३० प्रतिशत रोपाई भइसकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले