नयाँ पार्टी गठनका लागि शरतसिंह भण्डारी पक्षको भेला राजधानी जारी

१३ असार २०६९, बुधबार २०:४२ मा प्रकाशित

काठमाडौ, १३ असार । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट कारवाहीमा परेका शरतसिंह भण्डारी पक्षले आजदेखि राजधानीमा राष्ट्रिय भेला शुरु गरेको छ । नयाँ पार्टी गठनका लागि हुन लागेको भेलामा आज पहिलो दिन नयाँ पार्टीको नाम, विधान, झन्डा र चिन्हका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । आज दिनभरि छलफल गरी भोलि नयाँ पार्टी घोषणा गर्ने तयारी गरिएको छ । भेलामा २७ जिल्लाबाट २५ सय भन्दा बढी प्रतिनिधिहरू सहभागी भएको दाबी गरिएको छ । जनअधिकार फोरम लोकतान्त्रिकमा रहनुभएका भण्डारीलाई अनुशासन उल्लङ्घन गरेको आरोपमा जेठ २३ गते निष्कासन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने