बजेटका लागि राजनीतिक सहमति जुटाउँदै गरेको अर्थमन्त्री पुनको भनाइ

१३ असार २०६९, बुधबार २०:३९ मा प्रकाशित

काठमाडौ, १३ असार । अर्थमन्त्री वर्षमान पुनले मुलुकको राजनीतिक सङ्क्रमणकालका कारण जनताको आकांक्षाअनुसारका कार्यक्रमसहितको बजेट ल्याउन नसकिए पनि राजनीतिक सहमतिका आधारमा बजेट ल्याउनुको विकल्प नभएकोमा जोड दिनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले संसद नभएकाले दलहरुका बीचमा सहमति कायम गरी अध्यादेशमार्फत बजेट ल्याइने जानकारी दिनुभयो । अहिले मुलुकको राजनीति र आर्थिक क्षेत्र सङ्क्रमणकालबाट प्रभावित भएकाले आफूले बजेट निर्माणका लागि राजनीतिक सहमति जुटाउन शीर्ष नेतासँग भेट गरिरहेको जानकारी दिँदै अर्थमन्त्री पुनले भन्नुभयो– ‘सबै शीर्ष नेताले बजेट बनाउँदै गर्नुस्, राजनीतिक सहमति भएपछि ल्याउनुपर्छ भन्नु भएकाले बजेट बनिरहेको छ ।’ अबको बजेट धेरै महत्वाकांक्षीभन्दा जनताको आवश्यकतालाई परिपूर्ति गर्ने गरी उत्पादनमुखी, रोजगारीमुखी, सामाजिक सुरक्षा, कृर्षि, पर्यटन, भौतिक पूर्वाधारलाई प्राथमिकता दिने गरी तयार भइरहेको उल्लेख गर्दै उहाँले आम जनताको अपनत्व र स्वामित्व झल्कने गरी बजेट ल्याइने बताउनुभयो । मुलुकको विकासको पहिलो खुड्किलो लगानी भएकाले नयाँ बजेटलाई लगानीमैत्री बनाएर लगानीको वातावरण सिर्जना गर्ने गरी बजेट आउने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार