त्यस्ता फिल्म खेल्नु छैन : नायिका गरिमा पन्त

१३ असार २०६९, बुधबार १९:४७ मा प्रकाशित

राजन घिमिरे, काठमाडौं । धेरैले नायिका गरिमा पन्तलाई नेपाली करिना कपुर भन्ने पनि गर्छन्। तर, उनी आफूलाई विदेशी नायिकाको नामसँग नजोड्न आग्रह गर्छिन् र भन्छिन्, मलाई गरिमा नै भनिदिनुस्। उनी टेलिचलचित्रमार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन्। टेलिफिल्म हुँदै ठूलो पर्दाको चलचित्रमा नायिकाको रूपमा स्थापित बन्न सफल भएकी गरिमाले अभिनय गरेको पछिल्लो चलचित्र किन लाग्छ माया यतिबेला काठमाडौंका हलहरूमा प्रदर्शन भइरहेको छ।
० गरिमाको अर्थ थाहा छ त?
– थाहा छ, यसको अर्थ इज्जत, पावर र गर्व गर्न लायक भन्ने हुन्छ।
० तपाईं त्यस्तै हुनुहुन्छ त?
– म अरूले मेरोबारेमा के भन्छन् मलाई थाहा छैन। तर, म गाउँबाट आएकी एउटी केटी यो ठाउँमा पुग्न सक्नु भनेको मेरो लागि गरिमाकै कुरा हो।
० तर गरिमालाई त अनलक्की नायिका भन्छन् नि?
– किन नि?
० खै त गरिमाले खेलेको फिल्महरू त्यति हिट भएको देखिँदैन नि?
– हिट त भएकै छन् नि, नत्र किन म व्यस्त हुन्थेँ र? यो त सब मेरो डाहा गर्नेहरूले चलाएको हल्ला हो। अर्को कुरा, कुनै फिल्म नचल्नुको कारण सबै कलाकारलाई दिन मिल्छ र?
० तपाईंलाई नेपालको करिना भन्छन्। उताकी करिनाले त बिहे गर्न लागेकी छिन्। अनि यताकी करिनाले कहिले गर्ने नि बिहे?
– विवाहबारे अहिले नै सोचेकी छैन।
० उसो भए ब्वाइफ्रेण्ड त होला नि?
– त्यो त छैन अहिलेसम्म।
० नभएकै हो कि भएर पनि ढाँटेको?
– साँच्चै छैन। म त्यतातिर लाग्दिन अहिले।
० अब त कलाकारको नामले फिल्म चल्न छाड्यो भन्छन् नि?
– एक–दुईवटा नयाँ कलाकार भएको फिल्म चल्यो भन्दैमा सधैं त्यस्तो हुन्छ भन्न मिल्दैन। फिल्म चल्ने त कलाकारकै नामबाट हो।
० अहिले गरिमाजस्तै पुराना कलाकारको क्रेज सकियो भन्छन् नि, हो?
– म पहिलेभन्दा अहिले व्यस्त छु। कसरी भन्न मिल्छ क्रेज घट्यो भनेर।
० अहिले त अश्लील चलचित्रहरूको बाढी नै आउन थाल्यो। यस्ता सिनेमाबाट अफर आएका छैनन्?
– आएका छन्।
० किन नखेलेको त?
– यस्ता फिल्म खेल्नुभन्दा त फिल्मबाटै सन्न्यास लिन्छु। त्यस्ता फिल्म खेल्नु छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको

काठमाडौं । रंग पत्रकारिता सक्रिय युवा पत्रकार सूर्य चन्दलाई ‘संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ‘चौथो राष्ट्रिय समावेशी म्युजिक

काठमाडौँ । निर्देशक दिपक श्रेष्ठको कमब्याक चलचित्र ‘घिन्ताङ’ मा अभिनेत्रीको रुपमा केकी अधिकारी अनुवन्ध भएकी छन् । २ नायिकाले चलचित्र