इज्जत सबैभन्दा ठूलो सम्पत्ति हो – राजेश हमाल

१३ असार २०६९, बुधबार १९:३७ मा प्रकाशित

राजन घिमिरे, काठमाडौं । नेपाली सिनेमाका महानायक राजेश हमालबारे अब परिचय दिइराख्नुपर्दैन। करिब दुई दशक लामो यात्रा पार गरिसकेको छ उनको कलायात्राले। यत्रो समयसम्म निरन्तर रूपमा राज गर्न सफल हमालको विचार र सोचलाई यसपटक घटना र विचारले प्रस्तुत गरेको छ। तपाईंको दृष्टिमाका लागि उनको विचार संलग्न गर्न करिब डेढ महिना प्रतीक्षा गर्नुपर्‍यो। ज्यादै व्यस्त महानायक राजेश हमाल जीवनको सोच र भोगाइबारे यसरी प्रस्तुत भए।

० जीवन के हो?
– सोचेजस्तो र चाहिनेजस्तो हुँदैन
० प्रेम के हो?
– यो त अनुभूतिमा भरपर्छ
० सुन्दरता के हो?
– हेराइमा भरपर्छ
० मन के हो?
– बुझ्न कठिन
० भावना के हो?
– व्यक्त गर्न गाह्रो
० विवाह के हो?
– टाढाकोलाई नजिक ल्याउन सक्ने सशक्त माध्यम
० बन्धन के हो?
– सीमित दायरा, जहाँबाट भाग्न सकिन्न
० अपमान के हो?
– बुझ्नेलाई साहसिक र बलियो बनाउन सक्छ
० इज्जत के हो?
– सबैभन्दा ठूलो सम्पत्ति
० बेइज्जती के हो?
– पश्चात्तापको पोको
० मिलन के हो?
– खुसीको क्षण
० विछोड के हो?
– पीडा
० जवानी के हो?
– जीवनमा एकपटक आउँछ
० बालापन के हो?
– स्वतन्त्रता
० तृष्णा के हो?
– नमेटिने कुरा
० रिस के हो?
– पछाडि पार्ने चिज
० जोस के हो?
– ध्यान नदिँदा दुर्घटना हुनसक्छ
० नसा के हो?
– प्रयोग गर्न सक्दा सफलताको कडी
० यौन के हो?
– व्यक्त गर्न नसके तापनि सबैको चासो
० सन्तुष्टि के हो?
– प्रगतिको अन्त्य
० कर्तव्य के हो?
– दायित्वबोध
० विश्वास के हो?
– ढाडस
० असल के हो?
– स्यावासी
० खराब के हो?
– अरूको नजरबाट गिर्नु
० सबैभन्दा ठूलो धोका के हो?
– आफूमाथि अविश्वास गर्नु
० दुःख के हो?
– केलाई दुःख भन्ने
० सुख के हो?
– यसको कुनै परिधि र परिचय छैन
० खुसी के हो?
– क्षणिक सन्तुष्टि
० आनन्द केमा छ?
– खुसीमा
० मित्र को हो?
– सुखमा भन्दा जसले दुःखमा साथ दिन्छ
० शत्रु को हो?
– चिन्न गाह्रो
० सङ्घर्ष के हो?
– जीवन
० प्राप्ति के हो?
– सन्तुष्टि
० आस्था के हो?
– मनको विचार
० धर्म के हो?
– आस्था
० नैतिकता के हो?
– आफ्नो पवित्रता
० चरित्र के हो?
– अमूल्य सम्पत्ति
० ज्ञान के हो?
– आफूलाई सुधार्ने माध्यम
० बुद्धि के हो?
– सही विचार
० सम्झौता के हो?
– बाध्यता

० सृष्टि के हो?
– उद्गम
० गुरु को हो?
– जसले असल कुरा भन्छ
० राजनीति के हो?
– बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई…
० देश के हो?
– मुटु
० समाज के हो?
– हाम्रो घर
० पद के हो?
– घमण्डी बनाउने माध्यम
० विकास के हो?
– प्रगति
० व्यापार के हो?
– कमाउने माध्यम
० अनुशासन के हो?
– सफलताको शिखरमा पुर्‍याउने माध्यम

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक