कता जांदै छ नेपाली सिनेमा ?

१३ असार २०६९, बुधबार १९:५१ मा प्रकाशित

 काठमाडौं, १३ असार । केही समययता नेपाली सिनेमामा देखिएको अश्लीलता तथा अन्य विविध पक्षलाई लिएर बहस प्रारम्भ भएको छ । मिडिया एड्भोकेसी गु्रप (म्याग) र महिला, कानुन तथा विकास मञ्चको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मीहरूले नेपाली सिनेमामा देखिएका कमीकमजोरी तथा तिनमा सुधार गर्नुपर्ने कुरालाई लिएर फरक धारबाट छलफल भएको छ । कार्यक्रममा बोल्दै वरिष्ठ चलचित्रकर्मी नीर शाहले अब सिनेमाको वर्गीकरण हुनुपर्ने र नाङ्गोपन पस्किने सिनेमा र अन्य सिनेमाको टिकटदर फरक हुनुपर्ने बताउनुभयो । साथै त्यस्ता चलचित्रमा कर लाग्नुपर्ने र हेर्ने हल नै छुट्टै हुनुपर्ने उहांको धारणा थियो । कानुनविद् तथा अधिकारकर्मी सपना मल्लले आफूले व्यक्तिको व्यवसायको अधिकार, पेसा छनोटको अधिकार र दर्शकको मनोरञ्जनको अधिकारको सम्मान गर्ने उल्लेख गर्दै तर यी सबै अधिकार प्रयोग गर्दा सीमितता र उत्तरदायित्वलाई बिर्सन नहुने बताउनुभयो ।
सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव तथा सेन्सर बोर्डका अध्यक्ष सुशील ओझाले सरकारले केही समययता सिनेमाका दृश्यहरूमा बढी नै ध्यान दिनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहांले चलचित्र क्षेत्रका लागि आचारसंहिता निर्माण भइरहेको जानकारी पनि दिनुभयो । मिडिया एड्भोकेसी गु्रप (म्याग) की अध्यक्ष बबिता बस्नेतले आफ्नो करियरका क्रममा विभिन्न दृश्य दिने वातावरण निर्माता–निर्देशकहरूले बनाए पनि त्यसको सामाजिक मूल्य भने महिलाले मात्रै चुकाउनुपर्ने देखिएको बताउनुभयो ।
महिला, कानुन तथा विकास मञ्चका निर्देशक सविन श्रेष्ठले सिनेक्षेत्रलाई आफूहरूले मनोरञ्जनभित्रकै समतावादी दृष्टिकोणले हेर्न चाहेको बताउनुभयो । कार्यक्रममा निर्देशक राजेन्द्र शलभ, नारायण पुरी, अर्जुन कुमार, सुचित्रा श्रेष्ठ, आकाश अधिकारी, नरेश पौडेल, नवराज ढकाल, निर्माता राजकुमार राई र पर्यटन बोर्डका निर्देशक सुवास निरौलाले बोल्नुभएको थियो । यसैगरी नायिकाहरू करिश्मा मानन्धर, रेखा थापा तथा बिनिता बरालले नेपाली सिनेमाको वर्तमान अवस्थाको बारेमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित

काठमाडौँ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मार्मिक